२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

शनिबारदेखि डिजेल र मट्टितेल महँगियो, नयाँ मूल्य कति?

images

  • २०८१ कात्तिक ३०, शुक्रबार
  • 9.5K
    SHARES
  • शनिबारदेखि डिजेल र मट्टितेल महँगियो, नयाँ मूल्य कति?

    काठमाडौं : नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको छ।
    शुक्रबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३ रुपैयाँको वृद्धि गर्ने निर्णय गरेको हो। यो मूल्य शनिबार मध्यराति १२ बजेदेखि लागू हुनेछ।

    मूल्य वृद्धि भएपछि विभिन्न स्थानमा नयाँ मूल्य यसप्रकार रहेको छ:

    • चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज: डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ सय ५०.५० रुपैयाँ।
    • सुर्खेत र दाङ: डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ सय ५२ रुपैयाँ।
    • काठमाडौं, पोखरा र दिपायल: डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ सय ५३ रुपैयाँ।

    यद्यपि, पेट्रोलको मूल्य भने यस पटक कुनै परिवर्तन गरिएको छैन।

    Diseal-Koresean-price-768x942.jpg

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ