२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

पोखरामा कृषकलाई ५०% अनुदानमा आलु बीउ वितरण

images

  • २०८१ कात्तिक ३०, शुक्रबार
  • 2.1K
    SHARES
  • पोखरामा कृषकलाई ५०% अनुदानमा आलु बीउ वितरण

    काठमाडौँ : पोखरा महानगरपालिकाले स्थानीय कृषकलाई प्रोत्साहित गर्दै आलु उत्पादन बढाउन २९ हजार ५० किलो आलुको बीउ ५० प्रतिशत अनुदानमा वितरण गरेको छ।

    कृषि महाशाखा प्रमुख मनोहर कडरियाका अनुसार यो पहल कृषक समूहहरूको माग र आलु उत्पादन क्षेत्रमा थप वृद्धि गर्ने उद्देश्यले गरिएको हो।

    विशेषत हेमजा, पामे ठूलाखेत, कुँडहर फाँट, अर्मला, लेखनाथका मालमुल, बेलबुटेलजस्ता क्षेत्रमा आलुखेतीलाई प्राथमिकता दिइएको छ। हाल पोखरामा आलु उत्पादन क्षेत्र १ हजार २ सय ५० हेक्टरमा फैलिएको छ भने प्रतिहेक्टर उत्पादन क्षमता २० मेट्रिक टन रहेको छ।

    महानगरले यसपटक आलु उत्पादन विस्तार गर्न चार सय रोपनी क्षेत्र समेट्ने लक्ष्य राखेको छ। यसका लागि २ सय ५० कृषि फर्म, समूह तथा सहकारीहरूलाई ७० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको बीउमा ५० प्रतिशत अनुदान प्रदान गरिएको छ।

    यो योजनामा १० लाख १६ हजार ७ सय ५० रुपैयाँ लगानी गरिएको छ। प्रमुख कडरियाका अनुसार अघिल्लो वर्ष अनुदान पाएर उत्पादन गरिएका बीउ यही वर्ष पुनः अनुदानका लागि उपयोग गरिएको छ, जसले स्थानीय कृषकहरूको आत्मनिर्भरता र उत्पादन क्षमतामा सकारात्मक प्रभाव पार्नेछ।

    यस प्रकारको सहयोगले स्थानीय उत्पादनलाई थप सशक्त बनाउने विश्वास पोखरा महानगरपालिकाले लिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ