२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

८८औँ वर्षमा नेपाल बैंक: बैंकिङ्गको इतिहासदेखि भविष्यसम्म

images

  • २०८१ कात्तिक ३०, शुक्रबार
  • 1.7K
    SHARES
  • ८८औँ वर्षमा नेपाल बैंक: बैंकिङ्गको इतिहासदेखि भविष्यसम्म

    काठमाडौं : नेपालको पहिलो बैंक नेपाल बैंक ८७ वर्षको ऐतिहासिक यात्रा पूरा गरी ८८औँ वर्षमा प्रवेश गरेको छ। विक्रम संवत १९९४ साल कात्तिक ३० गते राजा त्रिभुवनले उद्घाटन गरेको यस बैंक नेपाल सरकार र निजी क्षेत्रको संयुक्त लगानीमा स्थापना भएको थियो।

    बैंक स्थापना हुने समयमा १० जना लगानीकर्ताबाट ८ लाख ४२ हजार रुपैयाँ चुक्ता पूँजी, १७ लाख निक्षेप र १९ लाख रुपैयाँ लगानीसहित यो संस्थाले काम थालेको थियो। नेपालको बैंकिङ्ग इतिहासमा आधारशिला बनेको नेपाल बैंकले सुरुवाती समयमा बैंकिङ्ग परिभाषा नै दिनुका साथै २ दशकसम्म केन्द्रीय बैंकको भूमिकासमेत निर्वाह गरेको उल्लेखनीय छ।

    हाल ८८ वर्षको यात्रामा बैंकको चुक्ता पूँजी १४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ पुगेको छ भने जगेडा कोष २४ अर्ब रुपैयाँ छ। बैंकले परम्परागत बैंकिङ्ग सेवाबाट डिजिटल बैंकिङ्गतर्फको यात्रामा उल्लेखनीय प्रगति गर्दै नयाँ पुस्ताका ग्राहकलाई लक्षित गर्दै आधुनिक प्रविधिहरूलाई प्राथमिकता दिएको छ।

    आगामी दिनमा नेपाल बैंकले डिजिटल बैंकिङ्ग सेवामा थप ध्यान दिँदै सरल, द्रुत र प्रभावकारी सेवा प्रदान गर्न प्रतिबद्ध रहेको जनाएको छ। बैंकले आफ्नो परम्परागत मूल्यलाई डिजिटल रूपान्तरणमार्फत नयाँ उचाइमा पुर्‍याउने लक्ष्य लिएको छ।

    यस ऐतिहासिक अवसरमा बैंकले आफ्नो योगदानलाई जनसमक्ष स्मरण गर्दै थप नवप्रवर्तनशील योजनाका साथ अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ