२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

उच्च रक्तचाप: लक्षण, कारण र यसबाट बच्ने उपायहरू

images

  • २०८१ कात्तिक २९, बिहीबार
  • 1.8K
    SHARES
  • उच्च रक्तचाप: लक्षण, कारण र यसबाट बच्ने उपायहरू

    काठमाडौँ : उच्च रक्तचाप भनेको यस्तो अवस्था हो। जसमा रक्तनलीहरूमा रगतको प्रवाह गर्ने चाप सामान्यभन्दा बढी हुन्छ। यसले गर्दा रक्तनलीहरूमा क्षति हुन सक्छ। समयक्रममा ती रक्तनलीहरू बन्द हुने सम्भावना पनि बढ्छ।

    उच्च रक्तचाप, विशेष गरी उमेर बढ्दै जाँदा, धेरै व्यक्तिहरूमा देखिने स्वास्थ्य समस्या हो। यसबाहेक, मिर्गौला रोग, हर्मोनको असन्तुलन वा लामो समयसम्म स्टेरोइडको सेवनजस्ता कारणले पनि कम उमेरमै उच्च रक्तचाप हुन सक्छ।

    उच्च रक्तचापका लक्षणहरू

    धेरैजसो बिरामीमा कुनै पनि लक्षण नदेखिन सक्छ। सामान्यतः सिस्टोलिक रक्तचाप १४० एमएमएचजी वा डायस्टोलिक रक्तचाप ९० एमएमएचजी भन्दा बढी भएको अवस्थामा उच्च रक्तचापको सङ्केत मानिन्छ। रक्तचाप धेरै बढ्दा भने टाउको दुख्ने, नाकबाट रगत बग्ने वा चक्कर लाग्नेजस्ता समस्या हुन सक्छन्।

    उच्च रक्तचापले लामो समयसम्म कुनै उपचार नपाउँदा मुटुरोग, मिर्गौला सम्बन्धी समस्या वा पक्षघातजस्ता गम्भीर जटिलताहरू निम्त्याउन सक्छ। तपाईंको परिवारमा कोही उच्च रक्तचापका बिरामी भए तपाईंमा पनि यो समस्या हुने सम्भावना बढी हुन्छ। शारीरिक क्रियाकलापको कमी, वजनको वृद्धी, रगतमा चिल्लो बढ्नु, धुम्रपान र मधुमेहले उच्च रक्तचापको जोखिमलाई बढाउँछ।

    उच्च रक्तचापको रोकथाम र व्यवस्थापन

    • सन्तुलित आहारको सेवन र स्वस्थ वजन कायम राख्ने।
    • नुनको प्रयोग कम गर्ने र फलफूल, सागसब्जी तथा चिल्लो कम भएका खाद्य पदार्थको पर्याप्त सेवन गर्ने।
    • हप्तामा कम्तिमा पाँच दिन, प्रत्येक दिन ३० मिनेट शारीरिक व्यायाम गर्ने जस्तै छिटो हिँड्ने, दौडिने वा पौडी खेल्ने।
    • धुम्रपान नगर्ने।
    • नियमित रूपमा स्वास्थ्य परीक्षण गराउने, रक्तचाप मापन गर्ने र चिकित्सकको सल्लाह अनुसार औषधिको प्रयोग निरन्तरता दिने।

    औषधिको नियमितता

    चिकित्सकले सुझाव दिएको औषधि नियमित रूपमा लिनुपर्नेछ। औषधि लिन छोड्दा उपचारको प्रभावकारिता गुम्न सक्छ। यदि औषधिले कुनै प्रतिकूल असर गर्छ भने तुरुन्तै चिकित्सकसँग परामर्श लिनुपर्छ।

    उच्च रक्तचाप भएका बिरामीले आफ्नो स्वास्थ्यको ख्याल राख्दै चिकित्सकको सल्लाह अनुसार समय समयमा औषधिको मात्रा मिलाउन र स्वास्थ्य जाँच गराउनुपर्ने हुन्छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ