२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

आईटी क्षेत्रमा तीन लाख रोजगारी: मन्त्री गुरूङको महत्त्वाकांक्षी योजना

images

  • २०८१ कात्तिक २९, बिहीबार
  • 1.6K
    SHARES
  • आईटी क्षेत्रमा तीन लाख रोजगारी: मन्त्री गुरूङको महत्त्वाकांक्षी योजना

    काठमाडौँ : काठमाडौंमा आयोजित "टेकस्पायर स्टार्टअप एण्ड आईडिया फेस्ट २०२४" को उद्घाटन समारोहमा, सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले आगामी तीन वर्षभित्र सूचना प्रविधि क्षेत्रमा ३ लाख रोजगारी सिर्जना गर्ने योजना रहेको बताएका छन्।

    काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा आयोजित यस कार्यक्रममा मन्त्री गुरूङले मोबाइलमार्फत पानसमा दियो बालेर फेस्टको शुभारम्भ गरेका थिए।

    मन्त्री गुरूङले भने “सूचना प्रविधि क्षेत्रलाई सुदृढ बनाउन निजी क्षेत्र, शैक्षिक संस्था र सरकारी निकायको सहकार्य आवश्यक छ। यस क्षेत्रमा कुनै सीमा वा राष्ट्रियताको परिधि छैन। हामी सबै मिलेर डिजिटल नेपालको विकासमा हातेमालो गर्नुपर्छ।”

    कार्यक्रममा लिभिङ विथ आइसिटीका अध्यक्ष राजन लम्सालले डिजिटल इकोसिस्टमलाई सुदृढ गर्न स्टार्टअप एण्ड आईडिया फेस्ट आयोजना गरिएको जानकारी दिँदै पूर्वाधार विकास, नीतिगत सुधार र डिजिटल गभर्नेन्समा सरकारको थप सहयोग आवश्यक रहेको बताए।

    त्यस्तै नेपाल उद्योग परिसंघको आईटी काउन्सिलका अध्यक्ष अजित शाहले सरकारद्वारा स्टार्टअपको प्रवर्द्धनका लागि भएको प्रयासलाई अझै सशक्त बनाउनुपर्नेमा जोड दिए। नेपाल चेम्बर अफ कर्मसको स्टार्टअप एण्ड आईडिया कमिटीका अध्यक्ष पंकज जलानले डिजिटल भुक्तानी प्रणालीलाई प्रोत्साहित गर्न भ्याट शुल्क हटाउनुपर्ने धारणा राखे।

    टेकस्पायर कलेजका सीईओ लक्ष्मण पोखरेलले स्टार्टअप तथा इन्नोभेसनमा संलग्न विद्यार्थीहरूलाई १ करोड रुपैयाँ बराबरको सिड फन्डिङको व्यवस्था गरिएको जानकारी दिए। यसैगरी कलेजले वर्षमा १५ जना सीईओ उत्पादन गर्ने लक्ष्य राखेको पनि बताए।

    नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का सदस्य सचिव रविन्द्र ढकालले स्टार्टअप इकोसिस्टमलाई सुदृढ बनाउन रिसर्च, इन्नोभेसन, इन्क्युबेसन र प्रवर्द्धनलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए।

    नेपालको आईटी क्षेत्रलाई विश्वस्तरीय बनाउन र युवालाई रोजगारी प्रदान गर्न सरकार र निजी क्षेत्रको सहकार्य अत्यन्त महत्वपूर्ण छ। यस्तो महत्त्वपूर्ण कार्यमा युवा, विद्यार्थी, उद्यमी र संस्थाहरूको सहभागिता र योगदानले मुलुकको डिजिटल रुपान्तरणमा ठूलो भूमिका खेल्न सक्छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ