काठमाडौँ: ज्वानोमा प्रचुर मात्रामा एन्टिअक्सिडेन्ट, फाइबर, पोटासियम र भिटामिन पाइन्छ। जसले स्वास्थ्यका विभिन्न पक्षमा लाभ पुर्याउँछ।
दममा लाभदायक: दमका बिरामीहरूले ज्वानोको चिया पिउनु लाभदायक मानिन्छ। यसको तातो प्रकृतिका कारण यसले दमको समस्यालाई कम गर्न मद्दत गर्छ। बिहान खाली पेटमा ज्वानोको चिया पिउँदा विशेष फाइदा हुन्छ।
ग्यास समस्याबाट राहत: ग्यासको समस्या भएका व्यक्तिहरूले बिहान उठ्ने बित्तिकै ज्वानोको चिया पिउँदा पाचन प्रणाली सुदृढ हुन्छ। यसले पेटसम्बन्धी समस्यामा राहत पुर्याउँछ।
तनाव कम गर्न सहयोगी: ज्वानोको चिया तनाव कम गर्न उपयोगी हुन्छ। यसको सेवनले शरीरमा उर्जा बढाउँछ र थकान हटाउन मद्दत गर्छ।
तौल घटाउन सहयोगी: वजन बढेर हैरान भएका व्यक्तिहरूका लागि पनि ज्वानोको चिया लाभदायक छ। बिहान खाली पेटमा यसको सेवनले बोसो घटाउन र मेटाबोलिजम सुधार्न मद्दत गर्छ।
महिनावारीको समयमा राहत: महिलाहरूले नियमित रूपमा ज्वानोको चिया पिउँदा महिनावारीको समयमा हुने दुखाइ कम हुन्छ र शरीरलाई आराम मिल्छ।



