२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

अडानीको मेटल उद्योगमा ५ अर्ब डलरको लगानी योजना, भारतीय कर्पोरेट क्षेत्रमा हलचल

images

  • २०८१ कात्तिक २८, बुधबार
  • 1.7K
    SHARES
  • अडानीको मेटल उद्योगमा ५ अर्ब डलरको लगानी योजना, भारतीय कर्पोरेट क्षेत्रमा हलचल

    काठमाडौं : भारतका दोस्रो धनी व्यक्ति र अडानी ग्रुपका अध्यक्ष गौतम अडानी मेटल उद्योगमा ठूलो लगानी गर्न लागेका छन्। उनले तामा, फलाम, इस्पात र आल्मुनियम उत्पादनमा केन्द्रित भई ५ अर्ब अमेरिकी डलर (झन्डै ४२ हजार करोड भारतीय रुपैयाँ) लगानी गर्ने योजना बनाएका छन्।

    अडानीको यो कदमले टाटा, बिड़ला र वेदांता जस्ता ठूला व्यावसायिक समूहमा खलबली मच्चाएको छ। भारतीय मेटल उद्योगमा प्रतिस्पर्धा बढाउने यो योजनाले खनिज उत्खनन र प्रशोधनमा नवप्रवर्तन ल्याउने अपेक्षा गरिएको छ।

    तामा क्षेत्रमा प्राथमिकता

    अडानी ग्रुपले आगामी ३ देखि ५ वर्षमा ५ अर्ब अमेरिकी डलरको लगानी गर्ने योजना बनाएको छ, जसमा २ अर्ब अमेरिकी डलर तामामा खर्च गरिनेछ। यसले वेदांता, आदित्य बिड़ला समूहको हिंडाल्को र टाटाजस्ता मेटल समूहलाई ठूलो चुनौतीको सामना गर्न बाध्य बनाउनेछ।

    अडानी ग्रुपले हालै ५०० केटीपीए क्षमताको तामा स्मेल्टर निर्माण गरिसकेको छ र भविष्यमा आल्मुनियम तथा स्टिल क्षेत्रमा लगानी बढाउने योजना बनाएको छ।

    ओडिशामा आल्मुनियम रिफाइनरी

    अडानी समूहले ओडिशाको रायगढमा आल्मुनियम रिफाइनरी र कैप्टिभ पावर प्लान्ट निर्माणको अनुमति पनि पाएको छ, जसले समूहको उत्पादन क्षमता र प्रतिस्पर्धात्मकता बढाउनेछ। साथै मुन्द्रा आल्मुनियम लिमिटेडअन्तर्गत अर्को आल्मुनियम रिफाइनरी स्थापनाको तयारी भइरहेको छ।

    व्यवसायिक समूहहरूमा त्रास

    भारतमा वेदांता, हिंडाल्को र टाटाजस्ता समूहहरू यस क्षेत्रमा बलियो पकड राख्दै आएका छन्। तर अडानीको यस प्रवेशले उनीहरूलाई नयाँ रणनीतिहरू बनाउने दबाब बढाएको छ।

    अडानीको दीर्घकालीन लक्ष्य

    अडानीको यो लगानी रणनीतिक योजनाका रूपमा हेरिएको छ, जसले समूहका हरित ऊर्जा र आधारभूत पूर्वाधार परियोजनाहरूमा आवश्यक कच्चा पदार्थको आन्तरिक खपत सुनिश्चित गर्नेछ। यसअघि सिमेन्ट क्षेत्रमा प्रवेश गरिसकेका अडानीको मेटल क्षेत्रमा पनि आफूलाई स्थापित गर्ने यो महत्वाकांक्षी कदम हो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ