२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

बुटवलमा सार्वजनिक भयो लक्जरी इलेक्ट्रिक गाडी ‘नामी’: अब एक्सचेन्ज र टेस्ट ड्राइभको सुविधा

images

  • २०८१ कात्तिक २७, मंगलबार
  • 1.2K
    SHARES
  • बुटवलमा सार्वजनिक भयो लक्जरी इलेक्ट्रिक गाडी ‘नामी’: अब एक्सचेन्ज र टेस्ट ड्राइभको सुविधा

    काठमाडौँ : बुटवलमा नयाँ प्रिमियम र स्मार्ट इलेक्ट्रिक भेहिकल (ईभी) "नामी" सार्वजनिक गरिएको छ। नेपालमा डोङफेङ ईभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले लुम्बिनी प्रदेशको बुटवलमा यो मोडल सार्वजनिक गरेको हो।

    सोमबार आयोजित कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँड, तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र कार्की, एमएडब्लु वृद्धिका बिजनेस हेड प्रशन्न पन्त र इमरल्ड अटोमोबाइल्सका प्रबन्ध निर्देशक योगेन्द्र खड्गीले संयुक्त रूपमा नामी ईभीको अनावरण गरे।

    कम्पनीका अनुसार ‘नामी’ ईभी बजारमा सेग्मेन्टमै सबैभन्दा लक्जरियस र इन्टेलिजेन्ट मानिन्छ। यो ह्याचब्याक भए पनि अन्य प्रतिस्पर्धी मोडेलहरूको तुलनामा आकारमा ठूलो छ र विशेष फिचरहरूले भरिपूर्ण छ।

    कार्यक्रमको क्रममा बुटवल डिलर इमरल्ड अटोमोबाइल्सका प्रबन्ध निर्देशक योगेन्द्र खड्गीले लुम्बिनीमा "नामी" लाई प्रतिनिधित्व गर्न पाउँदा खुसी व्यक्त गरे र बिक्रीपछिको सेवामा ग्राहक सन्तुष्टिलाई पहिलो प्राथमिकता दिने बताए।

    तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र काकीले विश्वसनीय ब्रान्ड भित्र्याएकोमा बधाई र शुभकामना व्यक्त गरे। एमएडब्लु वृद्धिका बिजनेस हेड प्रशन्न पन्तले गाडी खरिद गर्ने निर्णय गर्दा ब्रान्डको लेगेसीबारे जानकारी राख्न र यसलाई नेपालमा कसले भित्र्याएको छ भन्नेमा ध्यान दिनुपर्ने महत्त्वपूर्ण कुरा बताए।

    "नामी" तीन भेरिएन्टमा उपलब्ध छ। ति ई१, ई२ र ई३ हुन्। यसको मूल्य २९ लाख ९९ हजार देखि ३४ लाख ९९ हजार रुपैयाँसम्म रहेको छ। यसमा लेभल २ एडास, भेन्टिलेटेड र हिटेड सिट, १२.८ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, ३६० डिग्री क्यामेरा, अटोडिमिङ फिचर, मल्टिकलर एम्बियन्ट लाइट लगायत अत्याधुनिक फिचरहरू छन्।

    एमएडब्लु वृद्धिले बुटवलमा लुम्बिनी प्रदेशकै ठूलो एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्पको पनि आयोजना गरेको छ, जहाँ ग्राहकले विशेष अफरहरू सहित गाडीको टेस्ट ड्राइभ र एक्सचेन्ज सुविधा पाउनेछन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ