काठमाडौं : नेपाल एसबीआई बैंक र एईसी ग्लोबल नेपालबीच विदेशमा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरूलाई लक्षित गर्दै शैक्षिक कर्जा सेवा थप सहज बनाउन सम्झौता पत्रमा हस्ताक्षर भएको छ।
सम्झौतामा बैंकका तर्फबाट प्रमुख कर्जा अधिकृत अर्जुन नेपाल र एईसी ग्लोबल नेपालका तर्फबाट निर्देशक अजित सिंहले हस्ताक्षर गरेका छन्।
यस सम्झौताले विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीहरूको लागि शैक्षिक कर्जा प्रक्रियालाई सरल र छिटो बनाउने उद्देश्य राखेको छ, जसले गर्दा विद्यार्थीहरूलाई वित्तीय सहयोग प्राप्त गर्न सहज हुनेछ।
सम्झौता कार्यक्रममा बैंक र एईसी ग्लोबल नेपालका अन्य पदाधिकारीहरूको पनि उपस्थिति रहेको थियो।
नेपाल एसबीआई बैंकले हाल १ सय शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ्ग सेवा, १ सय २१ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा दिँदै आएको छ, जसले देशभरि नै ग्राहकहरूलाई व्यापक सेवा पुर्याउँदै आएको छ।



