२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

तौल घटाउनेदेखि क्यान्सर रोक्नसम्म: ब्राउन राइसका अनगिन्ती फाइदाहरू

images

  • २०८१ कात्तिक २५, आइतबार
  • 2.3K
    SHARES
  • तौल घटाउनेदेखि क्यान्सर रोक्नसम्म: ब्राउन राइसका अनगिन्ती फाइदाहरू

    काठमाडौँ : स्वस्थ्य जीवनको लागि सन्तुलित र पोषिलो खानपिन अत्यन्तै महत्त्वपूर्ण हुन्छ। हामीले के खाँदैछौं भन्ने विषयमा सचेत रहनु आवश्यक छ। किनभने हरेक खानेकुराले हाम्रो शरीरमा प्रत्यक्ष प्रभाव पार्छ। स्वस्थकर खानेकुराको चर्चा गर्दा ब्राउन राइसलाई प्राथमिकता दिने गरिन्छ।

    हालको समयमा धेरै मानिसले सेतो चामलको सट्टा ब्राउन राइसलाई आफ्नो दैनिक आहारमा समावेश गर्न थालेका छन्। यसको मुख्य कारण भनेको यसमा पाइने विभिन्न पौष्टिक तत्वहरू हुन्। जुन सेतो चामलमा कम मात्रामा पाइन्छ।

    ब्राउन राइस के हो?
    ब्राउन राइस भनेको कम प्रशोधित चामल हो। जसमा यसको बाहिरी तह बचाइएको हुन्छ। सेतो चामल बनाउन धेरै प्रशोधन प्रक्रियाबाट गुज्रनुपर्ने हुँदा त्यसमा भएका महत्त्वपूर्ण पोषक तत्वहरू हराउँछन्। ब्राउन राइसमा अनस्याचुरेटेड फ्याटी एसिड, प्रोटिन, मिनरल्स, भिटामिन्स र स्टार्च भरपूर मात्रामा पाइन्छ।

    ब्राउन राइसका पौष्टिक तत्वहरू
    ब्राउन राइसमा सेतो चामलको तुलनामा क्यालोरी र कार्बोहाइड्रेट बढी पाइन्छ। यसमा फोलेट, राइबोफ्लेविन, पोटाशियम र क्याल्सियम जस्ता महत्त्वपूर्ण तत्वहरूको मात्रा पनि धेरै हुन्छ। साथै, म्यागनीजको मात्रा समेत यसमा प्रचुर हुन्छ। जसले हड्डीको विकास, मांसपेशी बलियो बनाउन र रक्तमा चिनीको मात्रा सन्तुलन गर्न सहयोग गर्छ।

    स्वास्थ्यमा हुने फाइदाहरू
    ब्राउन राइसको सेवनले शरीरलाई थुप्रै प्रकारले फाइदा पुर्‍याउँछ:

    १, कोलेस्ट्रोल घटाउन मद्दत: यसमा हुने फाइबरले शरीरमा खराब कोलेस्ट्रोलको मात्रा घटाउन सहयोग गर्छ।  जसले मुटु सम्बन्धी रोगहरूको जोखिम कम गर्छ।
    २, पाचन तन्त्रलाई सुधार: फाइबरको उच्च मात्राले पाचन प्रक्रिया सहज बनाउँछ। पेटको समस्याहरूबाट बच्न मद्दत गर्छ।
    ३, अल्जाइमर र डिमेन्सिया रोकथाम: नियमित रूपमा ब्राउन राइस सेवन गर्दा मस्तिष्क स्वास्थ्यमा सुधार आउन सक्छ। अल्जाइमर तथा डिमेन्सियाबाट बच्न सहयोगी हुन्छ।
    ४, बालबालिकाको विकासमा सहयोग: बालबालिकाका लागि यो विशेष फाइदाजनक मानिन्छ। यसको प्रोटिन, म्याग्नेसियम र कार्बोहाइड्रेटले शारीरिक विकास र मस्तिष्कको सही विकासमा महत्वपूर्ण भूमिका खेल्छ।
    ५, क्यान्सरको जोखिम कम गर्न: ब्राउन राइसमा पाइने एन्टीअक्सिडेन्टले शरीरलाई क्यान्सरबाट बचाउन मद्दत गर्छ।
    ६, रोग प्रतिरोधात्मक क्षमता वृद्धि: यसमा हुने विभिन्न पौष्टिक तत्वले शरीरको रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउँछ।
    ७, तौल घटाउन मद्दत: तौल घटाउन चाहनेहरूले सेतो चामलको सट्टा ब्राउन राइसलाई प्राथमिकता दिन सक्छन्। किनकि यसले शरीरलाई आवश्यक पौष्टिक तत्व दिएर तौल नियन्त्रण गर्न मद्दत गर्छ।

    समग्रमा, ब्राउन राइस स्वास्थ्यका लागि निकै फाइदाजनक छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ