२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

भैरहवा विमानस्थलको सफलता:पहिलो दिनमै तीन उडान,यात्रुहरू खुशी

images

  • २०८१ कात्तिक २४, शनिबार
  • 1.8K
    SHARES
  • भैरहवा विमानस्थलको सफलता:पहिलो दिनमै तीन उडान,यात्रुहरू खुशी

    काठमाडौं : गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले आज तीन अन्तर्राष्ट्रिय उडान भरेसँगै यात्रुहरूले भैरहवाबाटै सहज यात्रा गर्न पाउने भएका छन्, जसले गर्दा काठमाडौं जानुपर्ने बाध्यता अन्त्य भएको छ।

    आज जजीरा एयरलाइन्स, फ्लाई दुबई र नेपाल एयरलाइन्सले उडान सुरु गरेका छन्, जसका कारण भैरहवाबाट हुने अन्तर्राष्ट्रिय उडानको सङ्ख्या चार पुगेको छ।

    जजीरा एयरलाइन्सले आज १ सय ७१ यात्रु लिएर भैरहवामा अवतरण गरी १ सय ६८ यात्रु लिएर कुबेतका लागि उडान गरेको छ। जजीराले अब हरेक हप्ता मङ्गलबार, बिहीबार र शनिबार बिहान साढे ७ बजे भैरहवामा उडान गर्ने र साढे ८ बजे कुबेतका लागि फर्किने छ।

    फ्लाई दुबईले दैनिक उडान भर्नेछ। पौने २ बजे भैरहवामा अवतरण गरी एक घण्टापछि दुबई फर्किनेछ। नेपाल एयरलाइन्सले हप्तामा तीन पटक काठमाडौं-भैरहवा-दुबई उडान गर्नेछ।

    विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले कतार एयरवेज र एयर अरेबियालगायतका अन्य कम्पनीहरूसँग पनि भैरहवाबाट उडान गर्ने विषयमा छलफल भइरहेको जानकारी दिए। अहिले विमानस्थल १८ घण्टा सञ्चालन भइरहेको छ। यसले दैनिक ३६ अन्तर्राष्ट्रिय उडानसमेत व्यवस्थापन गर्नसक्ने क्षमता राख्दछ।

    भैरहवाका यात्रुहरू पहिलो पटक यहाँबाट अन्तर्राष्ट्रिय उडान गर्न पाउँदा हर्षित छन्। देवदह नगरपालिकाका तिजन रानाले "हामी भैरहवा विमानस्थल सञ्चालनको पर्खाइमा थियौं, अब काठमाडौं नै जानुपर्ने बाध्यता छैन।" भनेका छन्।

    कुवेतका राजदूत घनश्याम लम्सालले पनि पहिलो उडानको अनुभवमा खुसी व्यक्त गर्दै यसले नेपाल-कुवेत सम्बन्धलाई अझै प्रगाढ बनाउने विश्वास व्यक्त गरे।

    यात्रुहरूले विमानस्थल सञ्चालनलाई निरन्तरता दिनुपर्ने र सार्वजनिक यातायातमा सुधार गर्न सुझाव दिएका छन्। जसले गर्दा व्यवस्थापन अझै चुस्त हुनेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ