२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

भारतले नबोलाएपछि चीनको बाटो: प्रधानमन्त्री ओलीको एजेण्डाविहीन भ्रमण!

images

  • २०८१ कात्तिक २३, शुक्रबार
  • 1.7K
    SHARES
  • भारतले नबोलाएपछि चीनको बाटो: प्रधानमन्त्री ओलीको एजेण्डाविहीन भ्रमण!

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मंसिर १७ गतेदेखि चीन भ्रमण गर्ने तयारी गरिरहेका छन्, तर भ्रमणका लागि ठोस एजेण्डा अझै तय भइसकेको छैन । परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूका अनुसार भ्रमणको उद्देश्य चीनसँग विगतदेखि भएका छलफललाई निरन्तरता दिने र चिनियाँ उच्च अधिकारीहरूसँग संवाद कायम राख्ने रहेको छ, तर थप ठोस एजेण्डा हालसम्म तय गरिएको छैन ।

    परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने “भ्रमणको मिति नजिकिँदैछ तर मन्त्रालय र सम्बन्धित निकायहरूसँग छलफल थालिएको छैन । प्रधानमन्त्री तहको भ्रमणको एजेण्डा हाम्रो प्रयासले मात्रै निर्धारित हुन सक्दैन । यो चीनको परराष्ट्र मन्त्रालयसँग पनि सहकार्य र संवादमा भर पर्छ।”

    अधिकारीहरूको भनाइअनुसार भारतले प्रधानमन्त्री ओलीलाई भ्रमणमा निम्त्याएन भन्ने कारणले चीन भ्रमणको तयारी गरिएको र यसले एजेण्डा तय गर्न समय नपाएको हुन सक्छ। एक उच्च अधिकारीले भने “भारतले निम्तो नदिएको झोकमा चीन भ्रमणको निर्णय भएको कारण ठोस एजेण्डा बनाउने समय मिलेको छैन।”

    चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनसँग पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि लिइएको ऋणलाई अनुदानमा परिवर्तन गर्न आग्रह गर्ने योजना रहेको छ। साथै बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत नयाँ परियोजनाहरूमा अनुदानको प्रस्ताव राख्ने सम्भावना रहेको छ।

    नेपाली कांग्रेसले बीआरआई अन्तर्गत अनुदान मात्रै स्वीकार गर्ने निर्णय गरिसकेकाले ऋण लिने सम्झौता गर्ने सम्भावना कम देखिन्छ।

    चीनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई बीआरआई परियोजनाका रूपमा मान्यता दिन तयार देखिएको छ। प्रधानमन्त्री ओलीको भ्रमणमा पोखराको ऋणलाई अनुदानमा बदल्ने शर्तमा यो आयोजना बीआरआई अन्तर्गत राख्ने सम्झौता गर्न सकिन्छ।

    गत भदौ ६ गते नेपालले चीनसँग ऋणलाई अनुदानमा परिणत गर्न औपचारिक अनुरोध गरेको थियो, तर चीनले यसबारे हालसम्म कुनै जवाफ दिएको छैन।

    यसैबीच अर्थ मन्त्रालयले नेपाल-चीन सम्बन्धलाई सुदृढ बनाउँदै अर्थतन्त्रलाई सघाउन पोखरा विमानस्थलका लागि लिएको करिब २५ अर्ब रुपैयाँको ऋणलाई अनुदानमा बदल्न चीनसँग आग्रह गरेको थियो। तर हालसम्म यसको प्रतिक्रिया पाइएको छैन।

    एजेण्डा तय नभएको कारण प्रधानमन्त्री ओलीको चीन भ्रमणलाई केहीले एजेण्डारहित भ्रमणको रूपमा व्याख्या गरेका छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ