२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

कामना सेवा विकास बैंकको मठमन्दिर सरसफाई अभियान: १८ औं वार्षिकोत्सवमा सामाजिक उत्तरदायित्वको प्रदर्शन

images

  • २०८१ कात्तिक २२, बिहीबार
  • 2.1K
    SHARES
  • कामना सेवा विकास बैंकको मठमन्दिर सरसफाई अभियान: १८ औं वार्षिकोत्सवमा सामाजिक उत्तरदायित्वको प्रदर्शन

    काठमाडौँ : कामना सेवा विकास बैंकले आफ्नो १८ औं वार्षिकोत्सवको पूर्व सन्ध्यामा विभिन्न सामाजिक र सांस्कृतिक कार्यक्रमहरूको आयोजना गरेको छ।

    यस अवसरमा धार्मिक स्थलहरूको महत्वलाई ध्यानमा राख्दै बैंकले देशव्यापी रूपमा मठमन्दिर र पार्कहरूको सरसफाई तथा डस्टबिन हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको हो।

    “साँस्कृतिक र धार्मिक धरोहरको संरक्षण गर्नु हाम्रो कर्तव्य हो” भन्ने सोचमा आधारित रहेर बैंकले विभिन्न मन्दिर क्षेत्रको बाह्य सफाई र मन्दिर परिसरमा रहेका अव्यवस्थित वस्तुहरू हटाउने कार्य सम्पन्न गरेको छ।

    यस कार्यक्रमका दौरान बैंकका विभागीय प्रमुख, क्षेत्रीय प्रमुख र अन्य कर्मचारीहरूको बाक्लो उपस्थिती रहेको थियो।

    बैंकले यस कार्यमार्फत धार्मिक स्थलहरूको दिगो संरक्षण र दीर्घकालीन सुरक्षाको सुनिश्चितता गर्ने आफ्नो उद्देश्य पुरा गरेको विश्वास व्यक्त गरेको छ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ