२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

यौन समस्याले मानसिक स्वास्थ्यमा पार्ने असर: समाधान के हो?

images

  • २०८१ कात्तिक २१, बुधबार
  • 3.0K
    SHARES
  • यौन समस्याले मानसिक स्वास्थ्यमा पार्ने असर: समाधान के हो?

    काठमाडौँ : यौन जीवनले मानसिक स्वास्थ्यमा गहिरो प्रभाव पार्न सक्छ। यस प्रभाव सकारात्मक र नकारात्मक दुवै हुन सक्छ। हिन्दू शास्त्रको पुरुषार्थ अवधारणामा धर्म, अर्थ, काम र मोक्षलाई जीवनका चार मुख्य खम्बा मानिएको छ। यसमा कामलाई यौन, प्रेम, इच्छा र सद्भावसँग जोडिएको छ। 

    वैज्ञानिक दृष्टिकोणले पनि यौन सम्बन्धले मानिसको मानसिक र शारीरिक स्वास्थ्यमा योगदान पुर्‍याउँछ। यौनक्रियाबाट उत्पन्न हुने अक्सिटोसिन र इन्डोर्फिनले मानसिक तनाव कम गराउन मद्दत गर्छ। दिमागलाई शान्त र तनावरहित बनाउँछ। साथै, यौन सम्बन्धले मांसपेशीलाई आराम दिन्छ र निद्रामा सुधार ल्याउँछ, जसले व्यक्तिलाई शारीरिक र मानसिक रुपमा स्वस्थ राख्न मद्दत गर्छ।

    तर यौन जीवनमा समस्या हुँदा मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव पनि पर्न सक्छ। यौन समस्याहरू जस्तै शीघ्रपतन, यौन आकर्षणमा कमी, यौन सन्तुष्टि नहुनुले व्यक्तिमा निराशा, तनाव र आत्मसम्मानमा कमी ल्याउन सक्छ।

    यसले सम्बन्धमा असन्तोष बढाउँछ र दम्पतीबीचको भावनात्मक सम्बन्धमा दरार ल्याउन सक्छ। यस्ता समस्याले घरेलु झगडा, सम्बन्धविच्छेद र डिप्रेसनजस्ता मानसिक समस्यालाई निम्त्याउन सक्छ।

    अर्कोतर्फ मानसिक समस्याहरूले पनि यौन जीवनमा नकारात्मक प्रभाव पार्न सक्छन्। आर्थिक तनाव, बेरोजगारी र कामको असन्तुलनले व्यक्तिको यौन इच्छा कम गराउन सक्छ। तनावमा रहेका व्यक्तिहरूमा यौन सन्तुष्टि प्राप्त नहुन सक्छ। उनीहरूको यौन जीवनमा समस्या उत्पन्न हुन सक्छ।

    निष्कर्षमा यौन जीवन र मानसिक स्वास्थ्यबीच घनिष्ठ सम्बन्ध छ। यौन स्वास्थ्य राम्रो हुँदा मानसिक स्वास्थ्यमा सुधार आउँछ, भने मानसिक समस्याहरूले यौन जीवनमा कठिनाइ ल्याउन सक्छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ