२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

बीवाईडीको ऐतिहासिक सफलता: एक महिनामा ५ लाख इलेक्ट्रिक कार बिक्री!

images

  • २०८१ कात्तिक १९, सोमबार
  • 1.6K
    SHARES
  • बीवाईडीको ऐतिहासिक सफलता: एक महिनामा ५ लाख इलेक्ट्रिक कार बिक्री!

    काठमाडौँ : बीवाईडीले पहिलो पटक एक महिनामा ५ लाख भन्दा बढी युनिट इलेक्ट्रिक कार बिक्री गर्न सफल भएको छ। अक्टोबर महिनामा बीवाईडीले ५ लाख ५ सय २६ युनिट इलेक्ट्रिक प्यासेन्जर भेइकल बिक्री गरेको छ, जुन गत वर्षको यही अवधिको तुलनामा ६६ प्रतिशत बढी हो।

    गत वर्ष अक्टोबरमा बीवाईडीले ३ लाख १ हजार ९५ गाडी बिक्री गरेको थियो। सेप्टेम्बर महिनाको तुलनामा पनि अक्टोबरमा २० प्रतिशतले बिक्री बढेको छ, जहाँ बीवाईडीले ४ लाख १७ हजार ६ सय ३ युनिट बिक्री गरेको थियो।

    जनवरीदेखि अक्टोबरको अवधिमा बीवाईडीले ३२ लाख ३६ हजार ९ सय २७ इलेक्ट्रिक कार बिक्री गरेको छ, जुन गत वर्षको तुलनामा ३६ प्रतिशतले बढी हो। यस वर्षको लागि बीवाईडीले ३६ लाख युनिट बिक्री गर्ने लक्ष्य लिएको थियो।

    यो लक्ष्य हासिल हुने अनुमान छ। भित्रि लक्ष्यलाई ४० लाख युनिटसम्म पुर्याउने योजना समेत रहेको समाचार छ, तर यसको आधिकारिक पुष्टि भने बीवाईडीले गरेको छैन।

    बीवाईडीको बिक्री तथ्यांकमा न्यु इनर्जी भेइकल (एनईभी) अन्तर्गत ब्याट्री इलेक्ट्रिक र प्लग-इन हाइब्रिड गाडीहरू समावेश छन्। बीवाईडीले पेट्रोलबाट चल्ने आन्तरिक दहन इन्जिन (आईसीई) गाडीको उत्पादन सन् २०२२ को अप्रिलदेखि बन्द गरेको छ।

    अक्टोबरमा सार्वजनिक तेस्रो त्रैमासिक आय अनुसार, बीवाईडीले २ सय १.१२ बिलियन युआन (२८.२४ बिलियन अमेरिकी डलर) आम्दानी गरेको छ, जसले टेस्लाको आयलाई पहिलो पटक उछिनेको छ। यो गत वर्षको तुलनामा २४ प्रतिशतले बढी हो।

    बीवाईडीका एक्जिक्युटिभ भाइस प्रेसिडेन्ट हि झिकीले अगस्टदेखि अक्टोबरसम्म उत्पादन दरलाई मासिक २ लाख युनिटसम्म पुर्याएको र यस अवधिमा करिब २ लाख नयाँ कर्मचारी भर्ना गरिएको जानकारी दिएका छन्।

    टेस्लाले यो अवधिमा २५.१८ बिलियन डलरको आम्दानी सार्वजनिक गरेको छ। यद्यपि, समग्र आम्दानीको हिसाबले भने टेस्ला अझै अघि नै रहेको छ। बीवाईडी र टेस्ला विश्व बजारमा प्रमुख प्रतिस्पर्धी कम्पनीको रुपमा अगाडि बढिरहेका छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ