२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

हातले मुछेर खाने बानी: स्वास्थ्यका लागि चमत्कारी फाइदा

images

  • २०८१ कात्तिक १९, सोमबार
  • 2.4K
    SHARES
  • हातले मुछेर खाने बानी: स्वास्थ्यका लागि चमत्कारी फाइदा

    काठमाडौँ : पूर्वीय संस्कृतिमा हातले मुछेर खाना खाने चलन मात्र होइन, यसको पछाडि वैज्ञानिक आधार पनि छ। हात फोहर हुँदा चम्चाको प्रयोग गर्न सकिन्छ, तर सफा हातले खाना खाँदा स्वस्थ्यका लागि लाभदायक हुन्छ। आयुर्वेदका अनुसार हातले खाँदा पाँच औंलाको सङ्गमले उत्पन्न हुने मुद्रा स्वास्थ्य र पाचन प्रक्रियामा सहयोग पुर्‍याउँछ।

    अध्ययनहरूले देखाएका छन् कि हातले खाँदा तृप्ति बढी हुन्छ, जुन चम्चा वा काँटाले खाँदा प्राप्त हुँदैन। हातले खाना मुछेर सिधा स्वाद लिँदा, त्यो पोषक र स्वास्थ्यवर्धक हुन्छ। खिचडी, दाल-भात, हलुवा, रोटीजस्ता परिकार हातले खाँदा बढी स्वादिलो अनुभव हुन्छ।

    हातले मुछ्दा र ध्यानपूर्वक खाना पुर्याउँदा माइण्डफुल इटिङको फाइदा पनि प्राप्त हुन्छ। यसबाट पाचन प्रक्रियामा सन्तुलन आउँछ र पेटसम्बन्धी गडबडी पनि कम हुन्छ।

    हातले खाँदा खानेकुरालाई थालमै मिसाउने काम गर्छौँ, जसले पाचन प्रक्रिया सजिलो बनाउँछ। यदि चम्चाले खाने हो भने यो काम पेटले गर्नुपर्छ, जसले पाचनमा दबाब बढाउँछ। योगविज्ञानका अनुसार, पलेटी कसेर सुखासनमा बस्दा खाना सही ढंगले पच्न र शरीरले पोषकतत्व ग्रहण गर्न सजिलो हुन्छ।

    हातले खाँदा तापमान पनि थाहा हुन्छ, जसले मस्तिष्कलाई पाचन रसको सही मात्रा उत्सर्जन गर्न निर्देशन दिन्छ। यसले पोषक तत्वलाई राम्रोसँग पच्न र शरीरले ग्रहण गर्न मद्दत गर्छ।

    आयुर्वेदले भनेको छ कि हातको प्रत्येक औँलामा पाँच तत्त्व-अन्तरिक्ष, हावा, आगो, पानी र पृथ्वी-सम्बन्धित हुन्छन्। हातले खाँदा यी तत्त्व सक्रिय भएर खानामा सन्तुलन ल्याउँछन्। युरोपियन सोसाइटी अफ एन्डोक्रिनोलोजीद्वारा गरिएको अध्ययनले देखाउँछ कि छिटो-छिटो खाने बानीले दोस्रो प्रकारको मधुमेहको जोखिम बढाउन सक्छ। चम्चाले छिटो खाइने भएकाले मधुमेहको खतरा बढ्न सक्छ, तर हातले मुछेर विस्तारै खाँदा यो जोखिम घट्न सक्छ।

    अतः हातले खाना मुछेर खाने बानीले स्वास्थ्यलाई थुप्रै फाइदा पुर्‍याउँछ। यो शारीरिक र मानसिक स्वास्थ्यका लागि लाभदायक छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ