२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

फर्स्ट माइक्रोफाइनान्सद्वारा लाभांष घोषणा, बोनस र नगद कति ?

images

  • २०८१ कात्तिक १४, बुधबार
  • 1.9K
    SHARES
  • फर्स्ट माइक्रोफाइनान्सद्वारा लाभांष घोषणा, बोनस र नगद कति ?

    काठमाडौँ : फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/८१ का लागि शेयरधनीहरूलाई लाभांश वितरण गर्ने निर्णय गरेको छ। आज कात्तिक १४ गते बसेको सञ्चालक समितिको  बैठकले कुल लाभांश ९.४७ प्रतिशत लाभांश घोषणा गरेको हो । जसमा ९ प्रतिशत बोनस शेयर र ०.४७ प्रतिशत नगद लाभांश लाभांश रहेको छ।  

    हाल माइक्रोफाइनान्स चुक्तापुँजी १ अर्ब २३ करोड ३८ लाख २६ हजार ९०२ रुपैयाँ रहेको छ। चुक्तापुँजीको कुल ९.४७ प्रतिशतले हुन आउने ११ करोड ६८ लाख ८८ हजार ८ सय ६२ रुपैयाँबराबरको लाभांश वितरण गर्ने निर्णय गरेको छ।

    यस अन्तर्गत, बोनस शेयरका रूपमा ११ करोड १० लाख ४४ हजार ४ सय २१ रुपैयाँ र नगद लाभांशका रूपमा ५८ लाख ४४ हजार ४ सय ४१ रुपैयाँ वितरण गरिनेछ।

    संस्थाको उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ