२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा युनिभर्सल मेडिकल कलेजमा कार्यस्थल मानसिक स्वास्थ्य गोष्ठी सम्पन्न

images

  • २०८१ कात्तिक १०, शनिबार
  • 931
    SHARES
  • विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा युनिभर्सल मेडिकल कलेजमा कार्यस्थल मानसिक स्वास्थ्य गोष्ठी सम्पन्न

    काठमाडौँ : १० अक्टुबर अर्थात् ‘विश्व मानसिक स्वास्थ्य दिवस’को अवसरमा यु.सि.एम.एस., शिक्षण अस्पताल, भैरहवामा ‘नशा तथा मानसिक रोग विभाग’को आयोजनामा निरन्तर मेडिकल शिक्षा (सि.एम.ई.) अन्तर्गत गोष्ठी सम्पन्न भएको छ ।

    यस वर्षको अन्तर्राष्ट्रिय विषय ‘कार्यस्थलमा मानसिक स्वास्थ्य’ भन्ने विषयमा विभिन्न विज्ञहरुले कसरी काम गर्ने वातावरण मैत्रीपूर्ण, सम्मानजनक, अपनत्व महशुस गर्ने तथा सुमधुर बनाउने भन्ने विषयमा केन्द्रित भएर आफ्ना भनाईहरु राखेका थिए ।

    कार्यक्रम यु.सि.एम.एस. शिक्षण अस्पताल, भैरहवाका ‘नशा तथा मानसिक रोग विभाग’ प्रमुख प्रा.डा. सन्दिप सुवेदीको सभापतित्व तथा यु.सि.यम.यस. शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय कुमार पि.एस.को आतिथ्यतामा सम्पन्न भएको थियो ।

    सो कार्यक्रममा मानसिक रोग विशेषज्ञ डा।अनमोल बन्धु कार्कीले कार्यक्रमको उद्देश्य माथि प्रकाश पारेका थिए डा।मोहम्मद नसिम अकरम मिकरानीले पनि बोलेका थिए ।

    कार्यक्रममा कार्यपत्र प्रस्तोताको रुपमा मानसिक रोग विभागका आवासीय चिकित्सक डा।शैली श्रेष्ठले मानसिक स्वास्थ्यको महत्व, चुनौती र अवसर, विश्वव्यापीरुपमा यसलाई मनाइने कारण, कार्यस्थलमा मानसिक स्वास्थ्यको भुमिका र प्रभाव इत्यादिको बारेमा आफ्ना भनाई राखेकी थिइन्।

    यु.सि.एम.एस. शिक्षण अस्पतालका प्राचार्य प्रा.डा. लक्ष्मी पाठकले कुनै पनि व्यक्ति मानसिक रुपमा स्वास्थ्य नभए सम्म उसले आफ्नो काममा पूर्णरुपमा योगदान दिन नसक्ने हुँदा सबैले यसमा ध्यान दिन आवश्यक रहेको बताइन् ।

    कार्यक्रममा सह–प्राचार्य प्रा.डा.हेमन्त हलुवाई, मेडिकल सुपरिन्टेन्डेन्ट प्रा।डा।साधन मुखी, मेट्रोन विष्णु गुरुङ्ग लगायतको उपस्थिति रहेको थियो ।

    हाल विश्वमा करिब २० प्रतिशत मानिसहरु त्यसमा पनि बच्चा तथा किशोरहरु मानसिक स्वास्थ्य समस्याबाट ग्रसित छन् भने प्रत्येक वर्ष करिब ८ लाख मानिसहरु आत्महत्या गर्नको लागि प्रयासरत रहने गरेको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ