२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

ओली सरकारको १०० दिने कामको समीक्षा गर्न आज फेरि बस्दै सत्तारुढ दलको बैठक

images

  • २०८१ कात्तिक ९, शुक्रबार
  • 816
    SHARES
  • ओली सरकारको १०० दिने कामको समीक्षा गर्न आज फेरि बस्दै सत्तारुढ दलको बैठक

    काठमाडौं: सत्तारुढ दलको बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको छ। प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएअनुसार बैठकमा सरकारका गतिविधि, मन्त्रीहरूको कार्यसम्पादन र समसामयिक राजनीतिक विषयहरूमा छलफल हुनेछ।

    यसअघि बुधबार पनि बालुवाटारमा सत्तारुढ दलको बैठक बसेको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले गत असार ३० गते नेपाली कांग्रेसलगायत दलहरूको समर्थनमा प्रधानमन्त्रीको पदभार ग्रहण गरेका थिए।

    बुधबार मात्र सरकारले आफ्नो १०० दिने काम र उपलब्धिहरू सार्वजनिक गरेको थियो। आजको बैठकमा पनि यिनै उपलब्धि र सरकारका आगामी कार्ययोजना बारे मुख्य रूपमा छलफल हुनेछ।

    ओली नेतृत्वको सरकारमा नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीको समर्थन रहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ