२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

बीमा प्राधिकरणमा शिखर इन्स्योरेन्सका सीईओ दीपप्रकाश पाण्डेलाई पुनः चार वर्षका लागि नियुक्ति

images

  • २०८१ कात्तिक ६, मंगलबार
  • 1.4K
    SHARES
  • बीमा प्राधिकरणमा शिखर इन्स्योरेन्सका सीईओ दीपप्रकाश पाण्डेलाई पुनः चार वर्षका लागि नियुक्ति

    काठमाडौं : नेपाल बीमा प्राधिकरणले आफ्नै नियम उल्लङ्घन गर्दै शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपप्रकाश पाण्डेलाई अर्को चार वर्षका लागि जिम्मेवारी दिएको छ। पाण्डे विगत २० वर्षदेखि कम्पनीको सीईओ पदमा रहेका छन्।

    बीमा ऐन २०७९ अनुसार कम्पनीले योग्य उम्मेदवारलाई अधिकतम दुई कार्यकालका लागि चार वर्षका लागि सीईओ नियुक्त गर्न पाउने व्यवस्था छ। तर प्राधिकरणले पाण्डेलाई बारम्बार नियम मिचेर पुनः नियुक्ति दिने गरेको छ।

    प्राधिकरणका कर्मचारीहरूका अनुसार पाण्डे प्राधिकरणमा हाबी भएका छन्। प्राधिकरणले पाण्डेकै अनुकूल हुनेगरी पटक-पटक सुशासनको नियममा संशोधन गरेको छ। उनले सुशासनको कार्यान्वयन नगर्दा समेत प्राधिकरणले कुनै कारवाही गरेको छैन।

    बीमा समितिका तत्कालीन अध्यक्ष फत्तबहादुर केसीले कम्पनीमा एउटै व्यक्तिले लामो समयसम्म सीईओ रहँदा स्वार्थ बाझिने भन्दै २०७० साल भदौ १ गते बीमा संस्थागत सुशासनको नियम जारी गरेका थिए। जसमा बीमा कम्पनीका सीईओलाई दुई कार्यकालका लागि नियुक्त गर्न पाउने व्यवस्था गरिएको थियो।

    पाण्डे करारमा जाने प्रक्रियामा ढिलाइ गर्दै प्राधिकरणको नियमलाई बेवास्ता गर्दै चार वर्षपछि करारमा गएका थिए। उनले प्राधिकरणको नियम उल्लङ्घन गर्दा पनि कुनै कारवाही नभएको भन्दै प्राधिकरणमा गुनासो उठेको छ।

    बीमा समितिले जारी गरेको संस्थागत सुशासनलाई व्यक्तिपिच्छे फरक-फरक रूपमा कार्यान्वयन गरिरहेको छ। सुशासन लागू भएको समय र कार्यावधि समाप्त हुने समय एकै भएका कारण एनएलजी इन्स्योरेन्सका सीईओ विजय बहादुर शाहलाई प्राधिकरणले विवादको आधारमा पुनः नियुक्ति गर्न अस्वीकृत गर्यो।

    प्राधिकरणले हाल पाण्डेको पुनः नियुक्ति प्रक्रियामा जानकारीको अभाव रहेको बताइएको छ। प्राधिकरणका कर्मचारीहरूले पाण्डे नियुक्त हुने वा नपाउने विषयमा कुनै टिप्पणी गर्न चाहेनन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ