२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

इन्धनलाई बिदाइ, ईभीलाई स्वागत: राष्ट्र बैंक द्वारा बैंकहरूलाई नयाँ निर्देश

images

  • २०८१ कात्तिक ६, मंगलबार
  • 1.6K
    SHARES
  • इन्धनलाई बिदाइ, ईभीलाई स्वागत: राष्ट्र बैंक द्वारा बैंकहरूलाई नयाँ निर्देश

    काठमाडौँ : नेपाल राष्ट्र बैंकले ‘हरित लगानीसम्बन्धी मार्गदर्शन’ जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरूलाई वातावरणमैत्री परियोजनाहरूमा प्राथमिकता दिने निर्देशन दिएको छ।

    यसमार्फत् बैंक तथा वित्तीय संस्थाहरूले प्राकृतिक स्रोतहरूको संरक्षण, प्रदूषण नियन्त्रण, जलवायु परिवर्तन न्यूनीकरण र वातावरणीय स्थायित्वमा आधारित परियोजनाहरूमा लगानी गर्न प्रोत्साहित गरिनेछ।

    मार्गदर्शनमा १७ वटा क्षेत्र छुट्याइएका छन्। जसमा विद्युतीय सवारीसाधन, पावर, ग्यास, पानी, निर्माण, स्वास्थ्य र फोहर व्यवस्थापन जस्ता क्षेत्रहरूमा लगानी गर्न प्राथमिकता दिइएको छ।

    पेट्रोलियमबाट चल्ने सवारीसाधनभन्दा विद्युतीय सवारीसाधनमा लगानी बढाउन र नयाँ सिमेन्टको घर निर्माणमा कर्जा घटाएर रेट्रोफिटिङ र वातावरणमैत्री भवनहरूमा लगानी गर्नुपर्ने कुरा पनि मार्गदर्शनमा उल्लिखित छ।

    यो पहलले नेपालमा हरित वित्तीय लगानीलाई प्रवर्द्धन गर्दै वातावरणीय स्थायित्व र प्रदूषण न्यूनीकरणमा सघाउ पुर्‍याउने अपेक्षा गरिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ