काठमाडौँ : नेपाल दूरसञ्चार प्राधिकरण (नेपाल टेलिकम)ले नविन कुमार मिश्रलाई सह-प्रवक्तामा नियुक्त गरेको छ। टेलिकमले शुक्रबार एक सूचना जारी गर्दै उप प्रबन्धक मिश्रलाई सह प्रवक्ता तोकिएको जानकारी दिएको छ।
कम्पनीको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यवसायिक अधिकृतको कार्यालयमा कार्यरत उप प्रबन्धक मिश्रलाई कम्पनीको सह–प्रवक्ता नियुक्त गरिएको टेलिकमले जनाएको छ।
साथै, हाल टेलिकमको प्रवक्तामा हरि ढकाल छन्।



