काठमाडौँ : बसको यात्रा गर्दा वाकवाकी र रिंगटा लाग्ने समस्याबाट जोगिन (मोसन सिक्नेस नियन्त्रण गर्न) निम्न उपायहरू अपनाउन सकिन्छ।
जेठीमधु: जेठीमधुको मधुर र स्निग्ध गुणले पेटको अम्लता कम गर्छ। यात्रा गर्दा यसको टुक्रा मुखमा राखेर चुसेर वाकवाकी रोक्न सकिन्छ।
ल्वाङ्ग: ल्वाङ्ग मुखमा राखेर चुस्दा पनि वाकवाकी कम हुन्छ।
जामुन: जामुनको फल वा पातको रसले वाकवाकी रोक्न मद्दत गर्छ। यात्रा अघि वा यात्राका क्रममा जामुनको रस पिउनु राम्रो हुन्छ।
आँपको पात: काँचो आँपको पातको रस वाकवाकी रोक्न उपयोगी हुन्छ। यात्रा गर्दा बीचबीचमा यसको रस पिउँदा मोसन सिक्नेस कम हुन्छ।
सौंफ: सौंफ चपाउनु वाकवाकी कम गर्ने प्रभावकारी उपाय हो।
अदुवा: अदुवामा वाकवाकी रोक्ने गुण हुन्छ। यसको टुक्रा मुखमा राखेर चुसेर यात्रा गर्दा वान्ता आउने सम्भावना कम हुन्छ।
पुदिनाको जुस: काँचो आँपको जुसमा पुदिना, अदुवा, ल्वाङ्ग, नुन र सौंफको पाउडर मिसाएर पिउँदा मोसन सिक्नेसबाट बच्न सकिन्छ।
औषधीय विकल्प: एलोपेथिक औषधिहरू (जस्तै मेटोकोलोप्राइमिड) यात्रा अघि सेवन गर्दा वाकवाकी रोक्न मद्दत गर्छ।



