काठमाडौँ : कात्तिक महिनाका लागि वाणिज्य बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दति निक्षेपको औसत ब्याजदर अघिल्लो महिनाको तुलनामा घटेको देखिन्छ। २० वटा वाणिज्य बैंकहरूको औसत ब्याजदर कात्तिकमा ६.१८७ प्रतिशतमा झरेको छ। जुन असोजको तुलनामा ०.२१० प्रतिशतले घटेको हो।
२ वटा बैंकले कात्तिकमा ब्याजदर घटाएका छन् बहने ९ वटा बैंकले असोजकै ब्याजदरलाई कायम राखेका छन् र १ वाणिज्य बैंकले ब्याजदर बढाएको छ। सिटिजन्स बैंक र हिमालयन बैंकले सर्वाधिक ०.७५ प्रतिशतले ब्याजदर घटाएका छन् भने सानिमा बैंकले ०.२५ प्रतिशतले बढाएको छ। व्यक्तिगत मुद्दति निक्षेपमा माछापुच्छ्रे बैंकले सबैभन्दा बढी ब्याज दिन्छ भने सिटिजन्स बैंकले सबैभन्दा कम ब्याजदर दिन्छ।
नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार बैंकहरूले एकै प्रकारको खातामा २ प्रतिशत विन्दुसम्म ब्याजदर अन्तर राख्न सक्छन्, र बचत खाताको न्यूनतम र मुद्दती खाताको अधिकतम ब्याजदर ५ प्रतिशत विन्दुभन्दा बढी हुन नहुने नियम छ।
वाणिज्य बैंकहरूको ब्याजदर (कात्तिक महिना) :
१. कुमारी बैंक : बचत खाता - ३.०१%, व्यक्तिगत मुद्दती - ५.३१%, संस्थागत मुद्दती - ३.२५%
२. राष्ट्रिय वाणिज्य बैंक : बचत खाता - ३.००%, व्यक्तिगत मुद्दती - ४.५०%, संस्थागत मुद्दती - ४.००%
३. कृषि विकास बैंक : बचत खाता - ३.००%, व्यक्तिगत मुद्दती - ५.००%, संस्थागत मुद्दती - ३.७५%
४. नबिल बैंक : बचत खाता - ३.००%, व्यक्तिगत मुद्दती - ५.००%, संस्थागत मुद्दती - ४.००%
५. नेपाल इन्भेस्टमेन्ट मेगा बैंक : बचत खाता - ३.००%, व्यक्तिगत मुद्दती - ५.५०%, संस्थागत मुद्दती - ४.२५%
६. स्ट्यान्डर्ड चार्टर्ड बैंक : बचत खाता - ३.००%, व्यक्तिगत मुद्दती - ४.५०%, संस्थागत मुद्दती - ३.७५%
७. हिमालयन बैंक : बचत खाता - ३.१०%, व्यक्तिगत मुद्दती - ४.७५%, संस्थागत मुद्दती - ३.७५%
८. नेपाल एसबीआई बैंक : बचत खाता - ३.०२%, व्यक्तिगत मुद्दती - ५.३५%, संस्थागत मुद्दती - ४.३५%
९. एभरेस्ट बैंक : बचत खाता - ३.०५%, व्यक्तिगत मुद्दती - ४.१५%, संस्थागत मुद्दती - ३.१५%
१०. प्रभु बैंक : बचत खाता - ३.००%, व्यक्तिगत मुद्दती - ५.१०%, संस्थागत मुद्दती - ३.१०%
११. लक्ष्मी सनराइज बैंक : बचत खाता - ३.००%, व्यक्तिगत मुद्दती - ५.५०%, संस्थागत मुद्दती - ४.५०%
१२. ग्लोबल आईएमई बैंक : बचत खाता - ३.००%, व्यक्तिगत मुद्दती - ५.५०%, संस्थागत मुद्दती - ४.५०%
१३. सिटिजन्स बैंक : बचत खाता - ३.००५%, व्यक्तिगत मुद्दती - ५.७५%, संस्थागत मुद्दती - ४.००%
१४ . प्राइम कमर्सियल बैंक : बचत खाता - ३.००%, व्यक्तिगत मुद्दती - ६.००%, संस्थागत मुद्दती - ४.२५%
१५. एनएमबि बैंक : बचत खाता - ३.०२%, व्यक्तिगत मुद्दती - ५.५०%, संस्थागत मुद्दती - ४.५०%
१६. एनआईसी एसिया बैंक : बचत खाता - ३.२७%, व्यक्तिगत मुद्दती - ४.१५%, संस्थागत मुद्दती - ३.००%
१७. सिद्धार्थ बैंक : बचत खाता - ३.००%, व्यक्तिगत मुद्दती - ५.५०%, संस्थागत मुद्दती - ३.७५%
१८. सानिमा बैंक : बचत खाता - ३.०४%, व्यक्तिगत मुद्दती - ५.४०%, संस्थागत मुद्दती - ४.३०%
१९. माछापुच्छ्रे बैंक : बचत खाता - ३.००%, व्यक्तिगत मुद्दती - ६.५०%, संस्थागत मुद्दती - ४.७५%
२०. नेपाल बैंक : बचत खाता - ३.०१%, व्यक्तिगत मुद्दती - ४.५५%, संस्थागत मुद्दती - ३.३०%



