२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

सानिमा बैंकद्वारा लाभांश घोषणा

images

  • २०८१ असोज २३, बुधबार
  • 2.1K
    SHARES
  • सानिमा बैंकद्वारा लाभांश घोषणा

    काठमाडौँ : सानिमा बैंकद्वारा आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश घोषणा गरेको छ। कम्पनीको असोज २२ गते मंगलबार बसेको संचालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो। 

    कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरूलाई वितरण गर्न ५.२६३२ प्रतिशत लाभांश घोषणा गरेको हो। जस अनुसार बैंकले चुक्तापुँजी ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकले चुक्तापुँजीको ५.२६३२ प्रतिशतको दरले ७१ करोड ४८ लाख २२ हजार ८ सय ४५.६१ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

    बैंकको उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ।

    गत वर्ष बैंकले १४.७ प्रतिशत लाभांश वितरण गरेको थियो यसमा ९ प्रतिशत बोनस शेयर र ५.७ प्रतिशत नगद लाभांश वितरण गरेको थियो। हाल बैंकको चुक्तापुँजी १३ अर्ब ५८ करोड १५ लाख २५ हजार ६ सय रुपैयाँ रहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ