२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

तत्काल उद्धारमा जुटन सभामुख देवराज घिमिरेको अनुरोध

images

  • २०८० कात्तिक १८, शनिबार
  • 721
    SHARES
  • तत्काल उद्धारमा जुटन सभामुख देवराज घिमिरेको अनुरोध

    कात्तिक १८, काठमाडौँ : सभामुख देवराज घिमिरेले जाजरकोटमा गए राति गएको भूकम्पका कारण ठूलो मानवीय र भौतिक क्षति भएकोमा गहिरो दुःख व्यक्त गर्दै तत्काल उद्धारमा जुट्न अनुरोध गर्नुभएको छ।  
     
    उहाँले उद्धार र राहतमा सक्रियरुपमा जुट्न तीनै तहका सरकार, नागरिक समाज, व्यवसायी तथा सबैमा अनुरोध गर्नुभएको हो। सभामुख घिमिरेले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, “जाजरकोटमा शुक्रबार राति गएको भूकम्पका कारण ठूलो मानवीय र भौतिक क्षति भएकोमा गहिरो दुःख व्यक्त गर्दछु। उद्धार र राहतमा सक्रियरुपमा जुट्न तीनै तहका सरकार, नागरिक समाज, व्यवसायी तथा सबैमा अनुरोध गर्दछु।”

    गए राति जाजरकोट केन्द्रविन्दु बनाएर ६ दशमलव ४  म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्पमा परी हालसम्म एक सयभन्दा बढीको ज्यान गएको छ भने सयौँको सङ्ख्यामा घाइते भएका छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ