२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

नबिल बैंक र हाम्रो पात्रोबीच कार्ड-आधारित विप्रेषण सेवाका लागि सम्झौता

images

  • २०८१ असोज २२, मंगलबार
  • 911
    SHARES
  • नबिल बैंक र हाम्रो पात्रोबीच कार्ड-आधारित विप्रेषण सेवाका लागि सम्झौता

    काठमाडौँ : नबिल बैंक लिमिटेड र स्मार्ट आइडियाज प्रालि (हाम्रो पात्रो) बीच कार्ड–आधारित विप्रेषण सेवाका लागि समझदारी भएको छ। नबिल बैंक लिमिटेडका तर्फबाट एनबैंक प्रमुख प्रदीप नेपाल र स्मार्ट आइडियाजको तर्फबाट वरिष्ठ इन्जिनियरिङ म्यानेजर सुरज गौतमले सोमबार एक कार्यक्रमका बिच समझदारी पत्र (एमओयु) मा हस्ताक्षर गरेका छन्।

    दुई कम्पनी बिच भएको सम्झौताअनुसार, नबिल बैंकले कार्डमा–आधारित विप्रेषण प्लेटफर्म एनरेमिटको सेवा हाम्रो पात्रो एपमा समावेश गरेको छ।

    नेपालबाहिर रहेका हाम्रो पात्रो प्रयोगकर्ताहरूले अब एपको ‘रेमिटेन्स’ बटनमा गएर पठाउने र प्राप्त गर्ने व्यक्तिको विवरण र विप्रेषणको उद्देश्य उल्लेख गरी सेवा लिन सक्ने छन्। जस अन्तर्गत आफ्नो अन्तर्राष्ट्रिय मास्टर कार्ड वा भिसा कार्ड प्रयोग गरेर विप्रेषण रेमिटेन्स पठाउन सकिनेछ।

    यस सेवा अन्तर्गत, प्रयोगकर्ताहरूले न्यूनतम युुएस डलर १ सय  देखि अधिकतम ५ हजार डलरसम्म पठाउन सक्नेछन्। नबिल बैंकका अनुसार रेमिटेन्स प्राप्त कर्ताले नेपालभित्र जुनसुकै बैंक खातामा तुरुन्तै रकम प्राप्त गर्नेछन्। नबिल बैंकले २०२२ डिसेम्बरदेखि आफ्नो एनबैंक एपमार्फत एनरेमिट सेवा दिँदै आएको छ। यो सेवाको पहिलो पटक तेस्रो पक्षसँगको सहकार्यमा विस्तार गरिएको हो।

    ‘यो बैंकिङ्ग सेवाको लागि एउटा कोशेढुंगा हो, किनकि यसले देशमा खुला बैंकिङ्ग को पहिलो पहललाई प्रतिनिधित्व गर्दछ,’ नबिल बैंकका अन्तर्राष्ट्रिय व्यापार तथा एन बैंकका नायब महाप्रबन्धक, आदर्श बजगाईँले भने।

    यस सम्झौतामार्फत दुवै संस्थाहरूले देशमा विप्रेषण प्रक्रियालाई सरल बनाउने उद्देश्य राखेका छन्। यसबाट नेपाली बैंकिङ्ग क्षेत्रलाई थप सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

    नबिल बैंकले आफ्नो एनबैंक एपमार्फत एनरेमिट सेवा दिँदै आएको थियो। स्मार्ट आइडियाज प्रालिले नेपालमा मात्र नभएर विदेशमा रहेका नेपालीहरूमा पनि लोकप्रिय एप हाम्रो पात्रो सञ्चालन गरेको छ।

    नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंकहरूमध्ये एक हो। बैंकले २४ लाख भन्दा बढी सेवाग्राहीलाई २ सय ६८ शाखा र ३ सय १७ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ। नबिल बैंकले ४० वर्ष देखि नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाहरूको सुरुवात गर्दै महत्वपूर्ण भूमिका खेलेको छ । बैंकले नेपालको बैंकिङ विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ