काठमाडौँ : ग्लोबल आइएमई बैंकद्वाराआर्थिक वर्ष २०८०।८१ का लागि लाभांश घोषणा गरेको छ। कम्पनीको असोज २१ गते सोमबार बसेको संचालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो।
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरूलाई वितरण गर्न ५.५ प्रतिशत लाभांश घोषणा गरेको हो। जस अनुसार बैंकले चुक्तापुँजी ५.५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ।
बैंकको उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि कम्पनीको आगामी १८ औँ वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ।
गत वर्ष बैंकले ९ प्रतिशत लाभांश वितरण गरेको थियो यसमा १ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो। हाल बैंकको चुक्तापुँजी ३६ अर्ब १२ करोड ८६ लाख ७० हजार ३ सय रुपैयाँ रहेको छ।



