काठमाडौँ : यही असोज १० देखि १३ गतेसम्मको अविरल वर्षासँगै बाढी, पहिरो र डुबानका घटनाबाट हालसम्म २४६ जनाको मृत्यु पुष्टि भएको छ। यस अवधिमा प्राकृतिक विपद्का घटनामा परी १८ जना बेपत्ता र १७८ जना घाइते भएका प्रहरीले जनाएको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार १७ हजार १ सय ७४ भन्दा बढी मानिसको उद्धार गरिएको छ।
प्रदेश अनुसार मृत्युहुनेको संख्या :-
वाग्मती प्रदेश : १३५ जनाको मृत्यु भएको छ र यहाँ सातजना बेपत्ता छन्।
काठमाडौं उपत्यका : ७० जनाले ज्यान गुमाएका छन् र यहाँ पनि सातजना बेपत्ता छन्।
कोसी प्रदेश : २० जनाको मृत्यु भएको छ र त्यहाँ ४ जना बेपत्ता छन्।
मधेस प्रदेश : ९ जनाको मृत्यु भएको छ।
लुम्बिनी प्रदेश : २ जनाले ज्यान गुमाएका छन्।
वर्षासँगै बाढी र पहिरोले सडक, पुल, सार्वजनिक सम्पत्ति र निजी आवासमा ठूलो क्षति पुर्याएको छ।



