२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

हुन्डाईका ग्राहकहरूको लागि खुसीको खबर, निःशुल्क सवारी जाँच र अन्य सेवा

images

  • २०८१ असोज २१, सोमबार
  • 1.1K
    SHARES
  • हुन्डाईका ग्राहकहरूको लागि खुसीको खबर, निःशुल्क सवारी जाँच र अन्य सेवा

    काठमाडौँ : नेपालमा हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘हुन्डाई हाईवे एस्योरेन्स: केयर फ्री राइड टु होम’ अभियान सुरु गर्न लागेको छ।

    दशैं, तिहार र छठ पर्वको अवसरमा घर जाने हुन्डाईका ग्राहकहरूको सुरक्षित र झन्झटमुक्त यात्रा सुनिश्चित गर्नका लागि असोज २२ देखि २५ सम्म बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म यो सेवा उपलब्ध हुनेछ। यस अभियानअन्तर्गत प्रमुख राजमार्गका विभिन्न स्थानहरूमा निःशुल्क सवारी जाँच सेवा प्रदान गरिनेछ।

    कम्पनीले दक्ष प्राविधिकहरूसँगै हेटौंडा, जनकपुर, दमक, बिर्तामोड, गजुरी, भरतपुर, बुटवल, बाँके र कैलालीमा चेकअप पोइन्ट स्थापना गरेको छ।

    सवारी जाँचको क्रममा, गाडीलाई आवश्यक पर्ने लुब्रिकेन्ट र कुलेन्ट पनि निःशुल्क प्रदान गरिने छ। यसका साथै विद्युतीय सवारी साधनका लागि पोर्टेबल डीसी चार्जरको व्यवस्था पनि गरिएको छ।

    कम्पनीले २०१४ देखि यो अभियान नियमित रूपमा सञ्चालन गर्दै आएको छ। जसले विक्रीपछि सेवाप्रति आफ्नो प्रतिबद्धता र समर्पणलाई प्रमाणित गर्दछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ