२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

युनिलिभर नेपालद्वारा साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

images

  • २०८१ असोज २१, सोमबार
  • 1.1K
    SHARES
  • युनिलिभर नेपालद्वारा साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

    काठमाडौँ : युनिलिभर नेपालद्वारा ३१ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ। बैंकले आउँदो कात्तिक १२ गते काठमाडौँको नयाँबानेश्वरस्थित एभरेष्ट होटलमा दिउँसो ४:३० बजे सभा आह्वान गरेको छ।

    सभामा आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तावित नगद लाभांश अनुमोदन गरिनेछ। जसअनुसार प्रतिकित्ता १,७१४ रुपैयाँ लाभांश वितरण गरिनेछ।

    साधारणसभामा कम्पनीका सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन पारित गरिनेछ भने चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण पनि गरिनेछ।

    लाभांश वितरण र साधारणसभा प्रयोजनार्थ कम्पनीले असोज २८ देखि कात्तिक १२ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। असोज २३ गतेसम्म कायम सेयर धनीहरूलाई मात्र सभा र लाभांश प्राप्त गर्न अनुमति दिइनेछ। किनकि असोज २४ गतेदेखि २८ गतेसम्म दसैँ बिदा परेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ