२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

अर्थमन्त्रीको गुनासो ‘आर्थिक वृद्धि सोचेजस्तो नहुने ’

images

  • २०८१ असोज २०, आइतबार
  • 1.1K
    SHARES
  • अर्थमन्त्रीको गुनासो ‘आर्थिक वृद्धि सोचेजस्तो नहुने ’

    काठमाडौँ : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफूले सोचेको जस्तो आर्थिक वृद्धि नदेखिएको गुनासो गरेका छन्। आइतबार अर्थमन्त्रालयको उच्च व्यवस्थापनसँगको बैठकमा उनले प्रारम्भमा आर्थिक वृद्धि राम्रो देखिए पनि पछिल्लो घटनाक्रमले अपेक्षित वृद्धि हासिल गर्न कठिनाइ भैरहेको बताएका छन्।

    अर्थमन्त्री पौडेलका अनुसार असोजको दोस्रो हप्तामा आएको बाढी र पहिरोले ठूलो जनधनको क्षति गरेको छ। यसले उद्धार, राहत र पुनर्निर्माणका लागि थप स्रोत आवश्यक पर्ने र यस कारण आर्थिक वृद्धि प्रभावित हुने उल्लेख गरेका छन्।

    उनले बाढी पहिरोले गर्दा मानवीय क्षतिको साथै निजी आवास, सडक, जलविद्युत, शैक्षिक संस्थाहरू, कृषि र व्यवसाय क्षेत्रमा परेको क्षतिले अर्थतन्त्रमा नकारात्मक असर पार्नसक्ने धारणा व्यक्त गरे।

    आर्थिक सुधारको दिशा तिर अघि बढिरहेको बेला राहत र पुनर्निर्माणलाई व्यवस्थित रूपमा अघि बढाएर आर्थिक वृद्धिका लागि आधार तयार गर्न आवश्यक रहेको उनले बताए। उनले बाढी र पहिरोको असर र स्रोत व्यवस्थापनको गृहकार्यको प्रक्रिया सुरु गर्न निर्देशन पनि दिएका छन्।

    यसअघि अर्थ मन्त्रालय, अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक र एसियाली विकास बैंकले नेपालको अर्थतन्त्र सुधारको दिशामा अघि बढिरहेको बताएका थिए।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ