काठमाडौँ : आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य वृद्धि भएको छ। आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेर १ लाख ६१ हजार रुपैयाँमा पुगेको छ। शुक्रबार छापावाला सुनको मूल्य १ लाख ६१ हजार ३ सय रुपैयाँ थियो।
साथै, चाँदीको मूल्य आज ५ रुपैयाँले वृद्धि भएर १ हजार ९ सय ८५ रुपैयाँमा पुगेको छ भने शुक्रबार चाँदीको मूल्य १ हजर ९ सय ८० रुपैयाँ थियो।



