२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

धितोपत्र बोर्ड अध्यक्ष चयनमा अवरोध, अन्तर्वार्ता फेरि स्थगित

images

  • २०८१ असोज १८, शुक्रबार
  • 951
    SHARES
  • धितोपत्र बोर्ड अध्यक्ष चयनमा अवरोध, अन्तर्वार्ता फेरि स्थगित

    काठमाडौँ : नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि शुक्रबार तय भएको अन्तर्वार्ता फेरि स्थगित गरिएको छ। बोर्डको अध्यक्ष सिफारिस समितिका संयोजक डा. शिवराज अधिकारी अस्वस्थ भएका कारण अन्तर्वार्ता रोकिएको अर्थसचिव डा. रामप्रसाद घिमिरेले जानकारी दिएका छन्।

    अध्यक्ष पदका तीन प्रमुख उम्मेदवारहरू नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकारी कृष्णबहादुर कार्की, धितोपत्र बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी र नेपाल बिमा प्राधिकरणका अध्यक्ष चिरञ्जीवी चापागाईं अन्तर्वार्ताका लागि शुक्रबार बिहान ८ बजे अर्थ मन्त्रालय पुगेका थिए। तर अन्तर्वार्ता स्थगित भएपछि उनीहरूले आफ्नो प्रस्तुति दिन पाएनन्।

    यसअघि यी तीन उम्मेदवारहरूले दुईपटकसम्म व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ता दिन अस्वीकार गरेका थिए। त्यसपछि सिफारिस समितिले उनीहरूलाई पुनःअन्तर्वार्ताका लागि बोलाएको थियो। यसअघिका दुई अन्य उम्मेदवार सन्तोषनारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठले भने आफ्नो कार्ययोजनाको प्रस्तुति र अन्तर्वार्ता दिइसकेका छन्।

    नयाँ मिति तय भएपछि स्थगित अन्तर्वार्ता पुनः सुचारु हुने अपेक्षा गरिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ