२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

विपदमा परेर घाइते भएकाहरूलाई सरकारले नि:शुल्क उपचार गरिरहेको छ : स्वास्थ्यमन्त्री पौडेल

images

  • २०८१ असोज १७, बिहीबार
  • 1.7K
    SHARES
  • विपदमा परेर घाइते भएकाहरूलाई सरकारले नि:शुल्क उपचार गरिरहेको छ : स्वास्थ्यमन्त्री पौडेल

    काठमाडौँ : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले विपदमा परी घाइते भएकाहरूलाई सरकारले निःशुल्क उपचार गरिरहेको बताएका छन्।

    राष्ट्रिय ट्रमा सेन्टरमा बिरामीहरूको अवस्थाबारे जानकारी लिन पुगेका मन्त्री पौडेलले विपदमा परेका नागरिकलाई निःशुल्क उपचार गरिने बताए।

    विपदबाट घाइते भएका बिरामीहरूको सरकारी अस्पतालहरूमा निःशुल्क उपचार जारी रहेको पनि उनले बताए। घाइते भएर उपचार नपाएका नागरिकहरूले पनि सरकारी अस्पतालमा पुगेर उपचार गराउन सक्ने उनले बताएका छन्।

    ‘विपदमा परेर घाइते भएकाहरूलाई सरकारी अस्पतालले नि:शुल्क उपचार गराइरहेको छ,’ उनले भने, ‘ निजी अस्पतालाहरूलाई पनि विपदमा परेका, सहायता गर्नुपर्ने सबैलाई उपचारमा सहयोग गर्न भनेका छौं।’  जस्तो सुकै जटिल समस्याको पनि उपचार हुने उनले बताएका छन्। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ