२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

सीइडीबी हाइड्रोपावरको वार्षिक साधारण सभा कहिले बस्दैछ ?

images

  • २०८१ असोज १७, बिहीबार
  • 2.2K
    SHARES
  • सीइडीबी हाइड्रोपावरको वार्षिक साधारण सभा कहिले बस्दैछ ?

    काठमाडौँ : सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले २ आर्थिक वर्षको नाफाबाट बोनस सेयर वितरण गर्ने र हकप्रद सेयर जारी गर्ने घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पुँजीको ११ प्रतिशत बोनस सेयर दिनेछ। बोनस वितरणपश्चात ५४.५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने योजना रहेको छ।

    यसका लागि कम्पनीले असोज २१ गते वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गरेको छ। सभाका लागि कम्पनीले असोज ७ गते बुक क्लोज गरिसकेको छ। असोज ६ गतेसम्म कायम सेयरधनीहरूलाई मात्र सभा र लाभांश प्राप्त गर्न अनुमति दिइनेछ।

    सभा काठमाडौँको कालिमाटी ब्यांक्वेटमा बिहान १० बजेबाट सुरु हुनेछ। सभामा अघिल्लो दुई आर्थिक वर्षका वित्तीय प्रतिवेदनहरू, वासलात, नाफा-नोक्सान प्रतिवेदनमा छलफल गरिनेछ। साथै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति र उनको पारिश्रमिक निर्धारण पनि हुनेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ