काठमाडौँ : आज पनि सुनचाँदी दुवैको मूल्य वृद्धि भएको छ। आज सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेर १ लाख ६० हजार ९ सय रुपैयाँमा पुगेको छ। हिजो छापावाला सुनको मूल्य १ लाख ६० हजार रुपैयाँ थियो।
साथै, चाँदीको मूल्य पनि १५ रुपैयाँले वृद्धि भएर १ हजार ९ सय ५० रुपैयाँमा पुगेको छ भने हिजो चाँदीको मूल्य १ हजर ९ सय ३५ रुपैयाँ थियो।
यसैगरी, आज दिन प्रति १० ग्राम सुनको मूल्य १ लाख ३७ हजार ९ सय ४५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ६ सय ७२ रुपैयाँ कायम भएको छ।



