२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

नेपाल बैंकले ल्यायो न्यून ब्याजदरमा सर्वसुलभ आवास कर्जा योजना

images

  • २०८१ असोज १६, बुधबार
  • 1.3K
    SHARES
  • नेपाल बैंकले ल्यायो न्यून ब्याजदरमा सर्वसुलभ आवास कर्जा योजना

    काठमाडौँ : नेपाल बैंकले हालसालै सर्वसुलभ आवास कर्जा योजना ल्याएको छ। जसअन्तर्गत ग्राहकहरूले न्यूनतम ७.७० प्रतिशत ब्याजदरमा घर खरिद, नयाँ घर निर्माण, मर्मत सम्भार, जीर्णोद्धार, अपार्टमेन्ट खरिद र अन्य बैंकको कर्जा खरिद गर्न सक्नेछन्। 

    यस योजनाले न्यूनतम ५ लाखदेखि अधिकतम २ करोड रुपैयाँसम्मको कर्जा प्रदान गर्छ। जसको भुक्तानी अवधि ५ देखि २५ वर्षसम्म छ। साथै, सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्मको छुटको व्यवस्था गरिएको छ।

    त्यसैगरी, व्यवसायिक ग्राहकका लागि नेपाल बैंकले समृद्ध व्यवसाय कर्जा योजना पनि ल्याएको छ। जसमा ८.२८ प्रतिशत ब्याजदरमा १० करोड रुपैयाँसम्मको कर्जा उपलब्ध छ।

    नयाँ गाडी खरिद गर्न चाहने ग्राहकहरूका लागि अटो लोन योजना पनि बैंकले ल्याएको छ। जसमा ७.७८ प्रतिशत ब्याजदर लागू गरिएको छ। थप जानकारीका लागि नेपाल बैंकका शाखा कार्यालय वा ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिनेछ।

    बैंकले देशभरका २२९ शाखाहरू, ६० एक्स्टेन्सन काउन्टरहरू, र २०५ एटिएमहरूबाट सेवा प्रदान गरिरहेको छ र डिजिटल बैंकिङ सेवा मार्फत ग्राहकलाई अझै सहज बनाउने प्रयास गरिरहेको छ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ