२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

एयर एसिया थाईद्वारा नेपालमा पुनः उडान सेवा सुरु, काठमाडौँ र भैरहवाबाट सातामा ४/४ पटक

images

  • २०८१ असोज १६, बुधबार
  • 1.1K
    SHARES
  • एयर एसिया थाईद्वारा नेपालमा पुनः उडान सेवा सुरु, काठमाडौँ र भैरहवाबाट सातामा ४/४ पटक

    काठमाडौँ :  एयर एसिया थाईले नेपालमा आफ्नो नियमित उडान सेवा पुनः सुरु गरेको छ। एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आजबाट उडान थालनी गरेको हो। यसको उडान तालिका अनुसार जहाज दिउँसो २ बजे काठमाडौं आइपुग्नेछ र तीन बजे फर्कनेछ। नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर एसिया थाईलाई यस रुटमा अनुमति दिएको छ।

    एयर एसिया थाईले काठमाडौंमा हप्तामा ४ वटा उडान र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट पनि थप ४ उडान गर्ने अनुमति प्राप्त गरेको छ। यद्यपि भैरहवाबाट तत्काल उडान सुरु नहुने भएको छ। एयरलाइन्सले भैरहवाका लागि थप तयारी गर्न समय मागेको। र तयारी पूरा भएपछि मात्रै उडान सुरु हुनेछ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार कात्तिक ११ गतेबाट लागू हुने विन्टर सेड्युलमा भैरहवाबाट पनि उडान सुरु हुनेछ। एयर एसिया थाईका केही उच्च अधिकारीहरू भैरहवा विमानस्थलको निरीक्षणका लागि जाने तयारीमा छन।  जसले स्थलगत अवस्था हेरेर उडान तालिका तय गर्नेछन्।

    एयरलाइन्सले यसअघि पनि नेपालमा नियमित उडान गरेको थियो। ६ वर्षसम्म मलेसियाको क्वालालम्पुरबाट काठमाडौंमा सेवा दिइरहेको यो वायुसेवा घाटाका कारण पाँच वर्षअघि उडान बन्द गर्न बाध्य भएको थियो। अब एयर एसिया थाईको पुनः प्रवेशसँगै बैंकक–काठमाडौं र बैंकक–भैरहवा दुबै रुटमा उडान हुने छ।

    नेपालका लागि एयर एसिया थाईको जीएसए (जनरल सेल्स एजेन्ट) युनिभर्सल ट्राभल एण्ड टुर्स हो। यस कम्पनीले यसअघि पनि एमिरेट्स एयर, कोरियन एयर, फ्लाई दुबई जस्ता प्रतिष्ठित वायुसेवालाई प्रतिनिधित्व गर्दै आएको छ।

    हाल नेपालमा थाईल्यान्डबाट थाई लायन र थाई एयरवेजले नियमित उडान सेवा दिइरहेका छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ