२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

अटो बजारको चहलपहल : चाडपर्वका लागि विशेष छुट र आकर्षक उपहारहरू

images

  • २०८१ असोज १५, मंगलबार
  • 1.4K
    SHARES
  • अटो बजारको चहलपहल : चाडपर्वका लागि विशेष छुट र आकर्षक उपहारहरू

    काठमाडौँ : दशैं, तिहार, र छठजस्ता ठूला चाडपर्वले बजारलाई छपक्कै छोपिसकेका छन्। यस वर्ष घटस्थापना असोज १७ गतेदेखि नेपाली हिन्दु धर्मावलम्बीहरूको महान् चाड दशैंको विधिवत् सुरुवात हुनेछ।

    चाडपर्वहरू मात्र खानपान र लत्ताकपडा किनमेलको अवसर नभएर, नयाँ साधनहरू खरिद गर्ने र उपभोग गर्ने विशेष समयको रूपमा पनि लिइन्छ। यही समयमा, अटोमोबाइल बजारले चाडपर्व विशेष योजना ल्याउने चलन छ। नेपालमा दशैं र तिहार नजिकिँदै गर्दा अटो बजारमा समेत तीव्र चहलपहल सुरु भइसकेको छ। विभिन्न अटोमोबाइल कम्पनीहरूले आफ्नो उत्पादनका लागि विशेष छुट तथा उपहार योजना ल्याएका छन्।

    यहाँ नेपालका प्रमुख अटो ब्रान्डहरूले ल्याएका केही आकर्षक योजनाहरूको चर्चा गरिन्छ :

    १. टाटा मोटर्स : विशेष गरी कमर्शियल भेहिकल क्षेत्रमा टाटा मोटर्स, नेपाली अटो बजारमा निकै लोकप्रिय ब्रान्ड हो । पछिल्लो समय टाटा मोटर्सले ईभी सेग्मेन्टमा पनि आफूलाई स्थापित गराएको छ। यस वर्षको दशैंतिहारमा, टाटाको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले "टाटासँग दशैं धुमधाम, युरोप घुमघाम" योजना ल्याएको छ। 

    tata.jpeg

    यस योजना अन्तर्गत, टाटा नेक्सन आईसीई खरिद गर्ने ग्राहकलाई युरोप भ्रमणको अवसर दिइनेछ भने टाटा टियागो ईभी खरिद गर्नेले थाइल्यान्ड भ्रमणको मौका पाउनेछन्। योजना नचाहने ग्राहकले नगद १ लाख ५० हजारसम्म छुट पाउन सक्नेछन्।

    २. बीवाईडी : चिनियाँ इलेक्ट्रिक गाडीको अग्रणी ब्रान्ड बीवाईडीले दशैं विशेष "बडा चाड अफर" ल्याएको छ। यस योजनामा, बीवाईडी गाडी किन्ने ग्राहकले १ वर्षसम्म निःशुल्क बीमा, सवारी किन्न फाइनान्सिङ सुविधा, र २.३ किलोवाट ट्राभल चार्जर उपहार पाउनेछन्।

    byd.jpg

    ३. हुण्डाई : कोरियन ब्रान्ड हुण्डाई नेपाली प्यासेन्जर सेग्मेन्टमा लोकप्रिय ब्रान्ड हो। लक्ष्मी इन्टरकन्टिनेन्टलले वितरक रहेको हुण्डाईले "हुण्डाई फेस्टिव डिलाइट २०८१" योजना ल्याएको छ। 

    यस योजनामा सवारी खरिद गर्ने ग्राहकलाई १ लाखदेखि १० लाख रुपैयाँसम्म नगद छुटको सुविधा दिइनेछ। साथै, लक्की ड्रमार्फत एक जना भाग्यशाली ग्राहकले हुण्डाई भेनु जित्ने अवसर पनि पाउनेछन्।

    hyundai.png

    ४. किया : किया मोटर्सले पनि दशैंको अवसरमा आफ्नो गाडीमा ४ लाख रुपैयाँसम्म नगद छुट, २ लाख रुपैयाँ एक्सचेन्ज बोनस, र निःशुल्क रोड ट्याक्स तथा बीमाको सुविधा ल्याएको छ।

    kia.jpg

    ५. सिजी मोटर्स (नेटा/आओन) : सिजी मोटर्सले दशैंतिहार विशेष योजना ल्याएको छ। नेटा ब्रान्डमा "अनबिटेबल डिल्स" योजना ल्याइएको छ जसअन्तर्गत आकर्षक नगद छुट, एक्सचेन्ज बोनस, र नेटा भी खरिद गर्ने ग्राहकलाई बाली भ्रमणको अवसर प्रदान गरिनेछ। आओन ब्रान्डमा "आओन फेस्टिभ फिस्टा" योजना अन्तर्गत ५ लाख ८५ हजार रुपैयाँ डाउन पेमेन्टमा गाडी खरिद गर्न सकिने सुविधा छ।

    cg moters.jpg

    ६. निसान : पायोनियर मोटोकर्पद्वारा वितरित निसानले "निसान फेस्भि डिल" योजना अन्तर्गत निसान लिफमा शून्य प्रतिशत डाउन पेमेन्ट र फाइनान्सिङको सुविधा प्रदान गरेको छ। साथै, १५ लाख रुपैयाँ नगद छुट वा ६ वर्षको इन्धन सुविधा दिने योजना पनि छ। निसान एक्स–ट्रेलमा १८ वर्षसम्म निःशुल्क इन्धन दिने योजना सार्वजनिक गरिएको छ।

    nissan.jpg

    ७. सुजुकी : सिजी मोटोकर्पद्वारा वितरित सुजुकी गाडीहरूले दशैंतिहारको अवसरमा "सुजुकी पर्वोत्सव" योजना ल्याएका छन्। यस योजना अन्तर्गत सुजुकीका गाडी किन्ने ग्राहकले ४ लाख रुपैयाँसम्म नगद छुट, निःशुल्क बीमा, र एक्सचेन्ज अफरमा २ लाख रुपैयाँसम्म बोनस पाउन सक्नेछन्।

    suzuki.jpg

    ८. जिकर : जिकर एक्स मोडलमा ५ लाखदेखि १० लाख रुपैयाँसम्म नगद छुटको योजना ल्याइएको छ। साथै, एक्सचेन्ज अफरमा ५ लाख रुपैयाँसम्म बोनस पाउने अवसर पनि प्रदान गरिएको छ।

    zeekrx.jpg

    यस सबै योजनाहरूले दशैंतिहारमा नयाँ गाडी खरिद गर्ने ग्राहकलाई ठूलो राहत र अवसर प्रदान गर्नेछन्। ग्राहकहरू आफ्नो रोजाइको गाडीमा यस्ता छुट तथा उपहार योजना उपयोग गर्न सक्नेछन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ