काठमाडौँ : भारतमा आगामी नोभेम्बरदेखि सुरु हुने विवाह सिजनले ठूलो आर्थिक गतिविधि सिर्जना गर्ने अनुमान गरिएको छ। यस अवधिमा करिब ३५ लाख विवाह हुने छन। जसले ५९ खर्ब रुपैयाँको खुद्रा व्यापारमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
विवाहका लागि नोभेम्बर १२ देखि डिसेम्बर १६, २०२४ सम्म विशेष सिजन रहेको। जहाँ विवाहको लागि १८ वटा शुभ मुहूर्तहरू पर्नाले व्यापारिक गतिविधिमा वृद्धि हुने अपेक्षा गरिएको छ। खासगरी नयाँदिल्लीमा मात्र ४ लाख ५० हजार विवाहको कारण १५ खर्ब रुपैयाँको व्यापार हुने अनुमान गरिएको छ।
विवाहहरू विभिन्न आर्थिक क्षमताका मानिसहरूले गर्ने हुँदा खर्चमा फरक हुन्। जहाँ केही विवाहमा करोडौं रुपैयाँ खर्च हुनेछन् भने केही विवाह तुलनात्मक रूपमा कम रकममा सम्पन्न हुनेछ। यो सिजनले सुनको माग बढ्न सक्ने, खुद्रा बजार, अतिथि सत्कार, गहना, अटोमोबाइल जस्ता क्षेत्रहरूमा आर्थिक गतिविधि वृद्धि गराउने सम्भावना छ।
यस आर्थिक गतिविधिले रोजगारका अवसरहरू पनि बढाउने र भारतको समग्र अर्थतन्त्रलाई बलियो बनाउन मद्दत पुर्याउनेछ।



