काठमाडौँ : आज साताको पहिलो कारोबार दिन आइतबार नेप्से २२.३६ अंक घटेर बन्द भएको छ। आज नेप्से परिसूचक २२.३६ अंक घटेर २४६४.४० विन्दुमा पुगेको छ जसमा सेन्सेटिभ इण्डेक्स २.५६ अंक, फ्लोट इण्डेक्स १.५६ अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स 0.९३ अंक घटेको छ।
आज कारोबार रकम भने झिनो रकमले घटेको छ। गत हप्ता बिहीबार ४ अर्ब ८४ करोड १४ लाख ७ हजारको शेयर कारोबार भएको बजारमा आज ३ सय २७ कम्पनीको ५८ हजार ४ सय १ पटकको कारोबारमा ४ अर्ब ५ करोड ६ लाख ५८ हजार रुपैयाँ बराबरको १ करोड ३ लाख ११ हजार कित्ता शेयर कारोबार भएको छ।
आज १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक घटेको छ भने १ उपसमूहको परिसूचक बढेको छ। आज कारोबारमा आएका ३ सय २७ कम्पनीमध्ये ४६ कम्पनीको सेयर मूल्य बढेको छ भने १९३ कम्पनीको घटेको छ तथा ५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
आज उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १.०३ प्रतिशत बढेको छ भने व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.९७ प्रतिशत घटेको छ। साथै, जलविद्युत उपसमूहको परिसूचक२ प्रतिशतभन्दा बढी तथा वित्त, होटल तथा पर्यटन, लगानी, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
आज विन नेपाल लघुवित्तको शेयरमूल्य सर्वाधिक ६.५५ प्रतिशत बढेको छ भने अप्पर साङ्गे हाइड्रोपावर र एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ तथा अप्पर हेवा खोला हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी घटेको छ।
आज नेप्से एनएलजी इन्स्योरेन्सको १५ करोड ९२ लाख ३० हजार रुपैयाँ तथा सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको १५ करोडभन्दा बढी तथा अपि पावरको करिब १४ करोडको शेयर कारोबार भएको छ।