२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

झ्याप्ले खोलामा पुरिएको बसबाट १५ जनाको शव फेला

images

  • २०८१ असोज १३, आइतबार
  • 1.0K
    SHARES
  • झ्याप्ले खोलामा पुरिएको बसबाट १५ जनाको शव फेला

    काठमाडौँ : झ्याप्ले खोलामा पहिरोका कारण पुरिएका बसहरूबाट १५ जनाको शव निकालिएको छ। फेला परेका शव गोरखाबाट काठमाडौंतर्फ आउँदै गर्दा सम्पर्कविहीन भएको बसका यात्रु हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

    पहिरो पन्छाउने क्रममा एउटा बस पुरिएको अवस्थामा फेला परेको थियो। जसलाई अहिले निकाल्ने प्रयास भइरहेको छ। फेला परेको बसको आधा भाग मात्र देखिएकोले बस नम्बर पहिचान हुन सकेको छैन।

    यस उद्धार कार्यमा सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीको टोली सक्रिय रूपमा जुटिरहेको छ। यसअघि पनि झ्याप्ले खोलामै दुई वटा बस पुरिएको अवस्थामा फेला परेको थियो। जहाँबाट १४ जनाको शव निकालिएको थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ