काठमाडौँ : पछिल्लो समय बैंकहरुले प्रतिस्पर्धी रुपमा बजार विस्तार गर्दै आएका छन्। नेपाल राष्ट्र बैंकले बैंक नपुगेका स्थानीय तहमा बैंकिङ पहुँच पुर्याउन निर्देशन दिएपछि बैंकहरुले शाखा स्थापना गरेर ती क्षेत्रमा बैंकिङ सुविधा पुपुर्याउन थालेका हुन्।
संघीय संरचना अनुसार बनाइएका ७ सय ५३ स्थानीय तहमध्ये हाल सबै स्थानीय तहमा वाणिज्य बैंकका शाखा स्थापना गरिसकेको राष्ट्र बैंकको पछिल्लो तथ्यांकले देखाएको छ।
गत बुधबार, 'क' वर्गको वाणिज्य बैंक एभरेष्ट बैंकले बझाङ जिल्लाको साईपाल गाउँपालिकामा नयाँ शाखा कार्यालय खोल्नका लागि कदम उठाएको छ। जसले सबै स्थानीय तहमा बैंक शाखा स्थापना गर्ने लक्ष्य पूरा गरेको छ। सुदूरपश्चिम प्रदेशको बझाङमा यस शाखाको स्थापना कम्पनीको १२९ औं शाखा हो। यस शाखाले स्थानीय बासिन्दाहरूलाई बैंकिङ सेवामा पहुँच पुर्याउनेछ, जसले व्यापार र उद्यमिता बढाउनेछ।
हालका दिनमा स्थानीय तहमा ठूलो रकम परिचालन गर्ने अवसर देखिई बैंक शाखाहरू खोल्ने क्रम बढिरहेको छ। तर, वाणिज्य बैंकहरूले दुर्गम क्षेत्रहरूमा शाखा स्थापना गर्न कम महत्व दिइरहेका थिए। जसको कारण न्यूनतम पूर्वाधारको अभाव थियो। भौगोलिक विकटता र आवश्यक पूर्वाधारको कमीले गर्दा यस शाखाहरूको विस्तारमा बाधा पुगिरहेको थियो।
नेपाल राष्ट्र बैंकले २०७५ सालको असार महिनासम्म सबै स्थानीय तहमा शाखा खोल्न निर्देशन दिएको थियो। तर, यथार्थमा भौगोलिक चुनौतीहरूले यसलाई सम्भव बनाउन सकिएको थिएन। कतिपय स्थानहरूमा प्रहरी चौकी, सडक सञ्जाल र उपयुक्त भवनको अभावले बैंक शाखा खोल्न कठिनाइ भएको थियो। यसले साईपाल गाउँपालिकाका स्थानीय निकाय, व्यापारिक समुदाय र उद्यमीहरूलाई बैंकिङ सेवाबाट बञ्चित गरिरहेको थियो।
साईपाल गाउँपालिकामा शाखा स्थापना भएपछि बासिन्दाहरूले अब सदरमुकाम पुग्नका लागि लामो यात्रा गर्नुपर्ने बाध्यता हटेको छ। जसले गर्दा स्थानीय व्यवसायी र साधारण नागरिकहरूलाई धेरै लाभ पुर्याउने अपेक्षा गरिएको छ। अब, यस शाखाबाट प्राप्त सेवाहरूले स्थानीय विकासमा महत्त्वपूर्ण योगदान गर्ने विश्वास गरिएको छ।



