२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा बीमा अभिकर्ता र कर्मचारी अभिवृद्धि कार्यक्रम सम्पन्न

images

  • २०८१ असोज १०, बिहीबार
  • 1.1K
    SHARES
  • सगरमाथा  लुम्बिनी इन्स्योरेन्सद्वारा बीमा अभिकर्ता र कर्मचारी अभिवृद्धि कार्यक्रम सम्पन्न

    काठमाडौँ : २०८१ असोज २ देखि ५ सम्म वीरगञ्जमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको निर्जीवन बीमा अभिकर्ता साथै कर्मचारी अभिवृद्धि (इनहाउस) तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

    यस तालिमको उद्देश्य सलिकोका मधेश प्रदेशभरका कार्यरत कर्मचारीहरूको व्यवसायिक दक्षतामा सुधार ल्याउनु रहेको छ।

    उक्त कार्यक्रममाा प्रतिष्ठित अतिथिहरुको उपस्थित रहेको थियो, जसमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडकी नायव प्रमुख कार्यकारी अधिकृत बरिष्मा साउद आचार्य, नेपाल बीमा प्राधिकरणकी मधेश प्रमुख प्रीती देव र सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडका मधेश प्रदेश प्रमुख निशान्तकुमार लामिछाने रहेका थिए।

    तालिम प्रशिक्षकहरुमा आन्तरिक नियन्त्रण विभागमा प्रमुख बासुदेव जोशी, दावी विभागका सुविन्द्र डंगोल, अण्डर राइटिङ्ग विभागका भास्कर भुजेल र सीमा गुप्ता र मानव संसाधन विभागका प्रवल अर्याल रहेका थिए । प्रशिक्षकहरुले विभिन्न क्षेत्रका समसामायिक बिषयहरुमा जानकारी तथा आवश्यक ज्ञान प्रदान गरेका थिए।

    मुख्य अथिति प्रीती देवले बीमा क्षेत्रमा पालना गर्नुपर्ने नियम कानुनको महत्वबारे प्रकाश पारे। उनले बीमा उद्योगमा दीर्घकालीन स्थिरता कायम राख्न र विश्वास बढाउन नियमहरुको कडाईसँग पालना गर्नुपर्ने आवश्यक रहेको कुरामा जोड दिए।

    यस इनहाउस तालिममा मधेश प्रदेशका विभिन्न शाखाबाट आएका कर्मचारीहरूले सक्रिय रुपमा भाग लिएका थिए, जसले सबै सहभागीहरुलाई समग्र रुपमा सिक्ने अवसर प्रदान गर्यो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ