काठमाडौँ : साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से ३२.८१ अंक घटेर बन्द भएको छ। आज नेप्से परिसूचक ३२.८१ अंक घटेर २४८३.७६ विन्दुमा पुगेको छ जसमा सेन्सेटिभ इण्डेक्स ५.३४ अंक, फ्लोट इण्डेक्स २.३३ अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स १.९६ अंक घटेको छ।
आज कारोबार रकम भने झिनो रकमले बढेको छ। हिजो बुधबार ४ अर्ब ८१ करोड ३२ लाख २३ हजार को शेयर कारोबार भएको बजारमा आज ३ सय ९ कम्पनीको ६५ हजार २ सय ५८ पटकको कारोबारमा ४ अर्ब ८४ करोड १४ लाख ७ हजार रुपैयाँ बराबरको १ करोड ३६ लाख ९१ हजार कित्ता शेयर कारोबार भएको छ।
आज १३ उपसमूह परिसूचक घटेको छ। आज कारोबारमा आएका ३२२ कम्पनीमध्ये ३९ कम्पनीको सेयर मूल्य बढेको छ भने २०१ कम्पनीको घटेको छ तथा ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।



