काठमाडौँ : नेपाली बजारमा सुनको मूल्यले नयाँ उचाइमा पुग्दै रेकर्ड तोडेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ६० हजार ४ सय रुपैयाँ पुगेको छ। लगातार बढिरहेको सुनको मूल्यले हरेक दिन नयाँ रेकर्ड कायम गरिरहेको छ।
यसैगरी, चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले बढेर प्रतितोला १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ।



