काठमाडौँ : नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड (एनआईएमबी) ‘एक्सिलेन्स इन न्यू पेमेन्ट फ्लोज इश्यूअर’ बाट सम्मानित भएकाे छ ।
भिसा इन्टरनेसनलले काठमाडौँमा आयोजना गरेको लिडरसिप कन्क्लेभ नेपाल २०२४ मा एनआईएमबीलाई यस सम्मान प्रदान गरिएको हो।
चार दशकदेखि ग्राहकलाई गुणस्तरीय सेवा दिँदै आएको एनआईएमबीले आगामी दिनहरूमा आधुनिक डिजिटल प्रविधि मार्फत थप सेवा तथा सुविधा दिने प्रतिबद्धता जनाएको छ।
हाल बैंकले २७४ शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, ७७ शाखारहित बैंकिङ सेवा, र २६६ वटा एटीएम सञ्चालनमा ल्याएको छ।




