२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

गुराँस लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान के–के छन् एजेण्डा?

images

  • २०८१ असोज ८, मंगलबार
  • 1.0K
    SHARES
  • गुराँस लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान के–के छन् एजेण्डा?

    काठमाडौँ : गुराँस लघुवित्त वित्तीय संस्थाले आफ्नो ९ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीको सञ्चालक समितिको बैठकले वार्षिक साधारण सभा आउँदो असोज २९ गते धनकुटाको धनकुटा नगरपालिका–१ स्थित होटल कान्जिरोवामा बिहान ९ बजेदेखि आयोजना गर्ने निर्णय गरेको हो। 

    सभामा कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयर धनीहरूलाई १४.२५  प्रतिशत बोनस र ०.७५ प्रतिशत नगद (करसहित) लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

    सभाले बोनस शेयर वितरणपछि चुक्ता पुँजी वृद्धि हुने भएकोले प्रबन्ध पत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्ने छ। साथै, अन्य उपयुक्त लघुवित्तसँग मर्जरमा जाने विशेष प्रस्ताव पनि अनुमोदन गरिने छ। जसका लागि आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि स्वीकृत गरिने छ।

    आर्थिक वर्ष २०८०।८१ को वार्षिक र लेखा परीक्षकको प्रतिवेदन सभाले स्वीकृत गर्ने छ। चालु आर्थिक वर्ष २०८१।८१ का लागि लेखा परीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारणको प्रस्ताव पनि अनुमोदन गरिने छ। 

    यसैबिच, सभा सञ्चालनको तयारीका लागि असोज १६ गते बुक क्लोज गर्ने व्यवस्था गरिएको छ। यसले गर्दा असोज १५ गतेसम्म कायम रहेका सेयर धनीहरूलाई प्रस्तावित लाभांश प्राप्त गर्न र साधारण सभामा भाग लिनको लागि योग्य हुनेछन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ