२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

शिवम होल्डिङ्ग्सद्वारा लाभांश घोषणा, साधारण सभा आह्वान

images

  • २०८१ असोज ७, सोमबार
  • 1.1K
    SHARES
  • शिवम होल्डिङ्ग्सद्वारा लाभांश घोषणा, साधारण सभा आह्वान

    काठमाडौँ : शिवम् होल्डिङ्स लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को लाभांश घोषणा गरेको छ। कम्पनीको असोज ४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट २.५० प्रतिशत लाभांश प्रस्ताव गरेको हो।

    हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब ६४ करोड रुपैयाँ रहेको छ र चुक्ता पुँजीको २.५० प्रतिशतका दरले हुन आउने ११ करोड ६० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

    कम्पनीले आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तावित लाभांश अनुमोदन गर्ने निर्णय गरेको हो। कम्पनीले आर्थिक वर्ष २०८।८१ लाभांश पारित गर्न तेस्रो  औँ वार्षिक साधारण सभा असोज ३० गते डाकेको छ। साधारण सभा काठमाडौँको अनामनगरमा बिहान ११ बजे सुरु हुनेछ।

    सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ र आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेकोछ ।

    शिवम् होल्डिङ्स सन् २०१५ मा स्थापना भएको कम्पनी हो । उक्त कम्पनी सन् २०२२ मा पब्लिक कम्पनीमा परिणत गरिएको थियो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ